सोमालियामा खाद्य सङ्कट बढ्दै, लाखौं मानिस जीवन सङ्कटमा
सारांश
- सोमालियामा खाद्य र पानीको अभावका कारण धेरै मानिस प्रभावित भएका छन्।
- विभिन्न कारणले सेप्टेम्बरदेखि डिसेम्बरसम्म धेरै मानिस विस्थापित भएका छन् ।
- आगामी सुख्खा मौसमले अवस्था झनै गम्भीर बनाउने अनुमान छ।
संयुक्त राष्ट्र । सोमालियामा पानी र खाद्य अभावका कारण करिब चार लाख सत्तासी हजार मानिस प्रभावित भएका छन्, जुन देशको जनसङ्ख्याको करिब एक चौथाइको बराबर हो ।
संयुक्त राष्ट्रका साझेदारहरूले जनाएका अनुसार, सेप्टेम्बरदेखि डिसेम्बरसम्म कम्तीमा एक लाख बीस हजार मानिस विस्थापित भएका छन् । पानीको मूल्य अत्यधिक बढेको, खानेकुरा कम उपलब्ध भएको, पशुपन्छी मरेको र जीविकोपार्जन संकटमा परेको प्रवक्ता स्टेफाने दुजारिकले बताए ।
शिक्षा क्षेत्रमा पनि गम्भीर असर परेको छ । देशभर ७५ हजारभन्दा बढी विद्यार्थी विद्यालय छोड्न बाध्य भएका छन् ।
प्रवक्ता दुजारिकले आगामी जनवरीदेखि मार्चसम्मको सुख्खा मौसमले स्थिति अझ गम्भीर बनाउने अनुमान गरिएको बताए । पानीको अभाव बढ्ने र पशुपन्छीको मृत्युदर उच्च हुने भएकाले खाद्य सुरक्षामा थप सङ्कट आउन सक्ने चेतावनी दिइएको छ ।
संयुक्त राष्ट्र र यसको मानवीय साझेदारहरू पानी, खाना, पोषण, स्वास्थ्य र आश्रय क्षेत्रमा आपत्कालीन सहायता समन्वय गर्न सक्रिय छन् । दुजारिकका अनुसार, संयुक्त राष्ट्र आपत्कालीन कोषले नोभेम्बरको अन्त्यमा दस लाख अमेरिकी डलर छुट्याएको छ, तर थप ठुलो सहयोग तत्काल आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण