भारत पुगेर बाबुरामले देखाए जेनजी आन्दोलन हुनुका तीन कारण
सारांश
- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालमा जेनजी आन्दोलन हुनुका तीन कारण रहेको बताए।
- उनले युवा बेरोजगारी, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई आन्दोलनको कारणका रूपमा औंल्याए।
- भट्टराईले जेनजी प्रतिनिधि र सरकारबीचको सम्झौताको प्रशंसा गर्दै युवालाई संसदीय प्रक्रियामा सहभागी गराउनुपर्नेमा जोड दिए।
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा जेनजी आन्दोलन हुनुका तीन कारण रहेको बताएका छन् । भारत भ्रमणका क्रममा भट्टराईले एक भारतीय टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिँदै जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा राखेका हुन् ।
एनडीटीभीलाई दिएको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री भट्टराईले गत भदौमा भएको जेनजी विद्रोह स्वाभाविक र जायज भएको बताएका छन् । उनले जेनजी आन्दोलन हुनुको पछाडि सामाजिक र आर्थिक कारणसमेत रहेको प्रस्ट पारे ।
जेनजी आन्दोलन हुनुको पहिलो कारण प्रस्ट्याउँदै उनले नेपालमा युवाहरू बेरोजगार रहेको, गुणस्तरीय शिक्षा नभएकाले युवा वर्ग असन्तुष्ट रहँदै आएको स्मरण गराए ।
सरकारी तहमा हुने गरेको भ्रष्टाचारलाई उनले जेनजी आन्दोलन हुनुको दोस्रो प्रमुख कारणका रूपमा चित्रण गरेका छन् ।
यस्तै, सामाजिक सञ्जालमाथि तत्कालीन सरकारले लगाएको प्रतिबन्धका कारण पनि ठुलो पंक्ति असन्तुष्ट भएर सडकमा निस्किएको डा. भट्टराईको ठहर छ ।
उनले हालै जेनजी प्रतिनिधि र सरकारबिच भएको सम्झौताको पनि प्रशंसा गरेका छन् । नेपालको कानुनमा उम्मेदवार हुनका लागि न्यूनतम उमेर सीमा २५ वर्ष तोकिएको तर जेनजी र सरकारबिच उक्त उमेर सीमा घटाएर २१ वर्ष राख्ने सहमति भएको जिकिर गर्दै उनले यस्तो व्यवस्थाले युवाहरू संसदीय प्रक्रियामा सहभागी हुन सहज वातावरण बनाउने प्रस्ट पारे ।
डा. भट्टराईले पुराना दलहरूबाट अब नेपालमा राजनीतिक सुधार सम्भव नभएको प्रस्ट पार्दै वैकल्पिक शक्तिका रूपमा नयाँ दलहरू गठन भइरहेको बताए । चुनावमा वैकल्पिक राजनीतिक शक्तिहरूबिच गठबन्धनको सम्भावना रहेको पनि उनले प्रस्ट पारे ।
आफूहरू अब युवा शक्ति अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको डा. भट्टराईले प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण