आर्सनललाई ठुलो झट्का: हिनकापी र मार्टिनेल्ली चोटग्रस्त
सारांश
- आर्सनलका डिफेन्डर हिनकापी र विङ्गर मार्टिनेल्ली चोटग्रस्त भएपछि क्लबलाई ठूलो झट्का लागेको छ।
- हिनकापी एभर्टनविरुद्धको खेलमा घाइते भएका थिए भने मार्टिनेल्लीले क्रिस्टल प्यालेससँगको खेलमा घुँडामा चोट बोके।
- मिडफिल्डर काइ हाभट्र्ज टिमको प्रशिक्षणमा फर्किएका छन्, जसले क्लबलाई राहत मिल्ने अपेक्षा गरिएको छ।
लण्डन । प्रिमियर लिग क्लब आर्सनललाई खेलाडी चोटका कारण ठूलो झट्का लागेको छ । इक्वेडरका डिफेन्डर पियरो हिनकापी र ब्राजिलियन विङ्गर ग्याब्रियल मार्टिनेल्ली चोटग्रस्त भएसँगै क्लबको बढ्दो घाइते सूचीमा थपिएका छन् । डिफेन्डर हिनकापीलाई एभर्टनविरुद्धको १–० को जितमा काँधमा चोट लागेको थियो । यसै कारण उनी मंगलबार क्रिस्टल प्यालेससँगको खेलमा टोलीबाट बाहिरिएका थिए ।
हिनकापीको अनुपस्थितिले आर्सनललाई डिफेन्डीङ लाइनमा समस्या पर्न थालेको छ । प्यालेसविरुद्ध जुरीयन टिम्बर, विलियम सालिबा र सेन्टर–ब्याकमा खेलिएका रिकार्डो कालाफियोरीलाई सुरुवाती ११ मा उतार्न क्लब बाध्य भएको थियो । सो खेलमा १६ वर्षीय डिफेन्डर मार्ली सामनलाई समेत डिफेन्डरको विकल्पका रूपमा बेन्चमा राखिएको थियो ।
हिनकापीसँगै आर्सनलको डिफेन्डरमा ग्याब्रियल, बेन ह्वाइट र क्रिस्चियन मोस्केरा पनि चोटका कारण मैदान बाहिर छन् । विङ्गर म्याक्स डोम्यान पनि चोटकै कारण टिममा उपस्थित छैनन् ।
आर्सनललाई अर्को ठूलो झट्का ब्राजिलियन विङ्गर मार्टिनेल्लीको चोटले दिएको छ । हाफ–टाइम अघि घुँडा ठोक्किएर लडेका मार्टिनेल्ली दोस्रो हाफमा मैदानमा फर्किए पनि स्पष्ट रूपमा संघर्ष गरिरहेको देखिएपछि १५ मिनेटपछि नै उनलाई मैदानबाट फिर्ता बोलाइएको थियो ।
खेलपछि प्रतिक्रिया दिँदै आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने, ‘मार्टिनेल्लीलाई सामान्य चोट मात्र हो र दोस्रो हाफमा उनी खेल खेल्न सहज महसुस गरिरहेका थिएनन् । पियरोको हकमा भने फरक छ, किनभने उनलाई एभर्टनविरुद्धको खेलमा चोट लागेको थियो ।’
यद्यपि, आर्सनलका लागि केही सुखद खबर पनि आएको छ । मिडफिल्डर काइ हाभट्र्ज यसै साता आर्सनलको प्रशिक्षणमा फर्किएका छन्, जसले क्लबलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण