क्रिप्टो करेन्सीको कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दर्ता
सारांश
- काठमाडौंमा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न दुई जना विरुद्ध मुद्दा दर्ता गरिएको छ।
- प्रहरी प्रतिवेदनका आधारमा विशाल डङ्गोल र उमेश श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको हो।
- उनीहरूले ७४ लाख ५२ हजार रुपैयाँको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोप लागेको छ।
काठमाडौँ । अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिका–१४ का ३६ वर्षीय विशाल डङ्गोल तथा मोरङको मिक्लाजुङ गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने ४५ वर्षीय उमेश श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।
दुवै जनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २६२ क को उपदफा (१) र (२) बमोजिम मुद्दा दर्ता गरेको छ । उनीहरु विरुद्ध क्रिप्टो करेन्सीको कारोबारबाट आर्जन भएको सम्पत्ति जफतका साथै पाँच वर्षसम्म कैदको माग गरिएको छ ।
उनीहरुले ७४ लाख ५२ हजार रुपैयाँ अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार गरेको अनुसन्धानमा भेटेपछि मुद्दा चलाउने निर्णय गरेको हो । उनीहरूका साथबाट क्रिप्टो मुद्राको कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीका मोबाइल फोन पाँच थान बरामद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण