देउवाले शक्ति आफूमा राखेर खड्कालाई कार्यवाहक दिएको गगन थापाको आरोप
बुधबार, ०९ पुस २०८२, १७ : ३२
सारांश
- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति देउवाले शक्ति आफूमा राखेको आरोप लगाए।
- थापाले उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको कार्यवाहकको जिम्मेवारीलाई 'नाम मात्र' भनेका छन्।
- थापाका अनुसार, सभापति देउवाले कार्यवाहक तोके पनि शक्ति अझै उनीसँगै छ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाले शक्ति सबै आफूमा राखेर पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको आरोप लगाएका छन् । उनले खड्काको कार्यवाहक सभापति जिम्मेवारीलाई ‘नाम मात्र’ संज्ञा दिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग महामन्त्री थापाले अहिले पनि सबै शक्ति सभापति देउवाले रहेको बताए ।
‘सभापतिले कार्यवाहक दिनुभएको छ । नाम मात्रको कार्यवाहक दिनुभयो । आजको बैठकमा आउनुभएको छैन तर, सबै शक्ति उतै छ,’ सञ्चारकर्मीहरूसँग थापाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण