बालाजुमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु
बिहीबार, १० पुस २०८२, १० : ३८
सारांश
- काठमाडौंको बालाजुमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
- दुर्घटनामा अर्का एक युवक घाइते भएका छन् र उनको उपचार भइरहेको छ।
- टिप्पर चालक फरार रहेको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु बाइसधारामा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची घर भएर बसुन्धारा बस्ने २१ वर्षीय सागर खड्का छन् ।
गएराति साढे १० बजेतिर बागमती प्रदेश–०१–००६ ख ३४५४ नम्बरको टिप्परले लु ५९ प ७०६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा खड्का गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार अर्का युवक अर्घाखाँची घर भएका २२ वर्षीय लक्ष्मण राउत घाइते भएका छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । टिप्पर चालक फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण