शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

क्रिसमसको अवसर पारेर फिल्म ‘मुगलान’ प्रदर्शन

बिहीबार, १० पुस २०८२, ११ : ०३
बिहीबार, १० पुस २०८२

सारांश

  • नयाँ नेपाली फिल्म 'मुगलान' आजबाट प्रदर्शनमा आएको छ, जुन क्रिसमसको अवसर पारेर रिलिज भएको हो।
  • फिल्मले भारतमा धन कमाउन गएका एक युवाको कथालाई प्रस्तुत गर्छ, जसले परिवारको सुखका लागि संघर्ष गर्छन्।
  • 'मुगलान' मा युवाहरूको विदेश सपना, गाउँघरको प्रेम र संघर्षको कथालाई समेत देखाइएको छ, जसमा प्रभात पाल लगायतका कलाकारहरूको अभिनय रहेको छ।

काठमाडौँ । आज (बिहीबार) बाट नयाँ फिल्म ‘मुगलान’ प्रदर्शनमा आएको छ । नेपालमा नयाँ फिल्म रिलिज शुक्रबार गर्ने परम्परा भए पनि चाडपर्व तथा विशेष समय जुनै अन्य बार पनि रिलिज हुने गर्छ । ‘मुगलान’ क्रिसमसको अवसर पारेर प्रदर्शनमा आएको हो । 

धन कमाउने र सुखी जीवन बिताउने चाहनामा भारत पन्ने कथामा निर्माण भएको फिल्म आशिष ढकालको लेखनले निर्देशन गरेका हुन् । रिहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा एक युवाले परिवारलाई सुखमा राख्न मजदुरी गर्न भारत पुग्दा कस्तो परिस्थितिको सामना गर्नुपर्छ भनेर देखाउने निर्देशक ढकालले बताए ।

निर्देशक ढकालका अनुसार ‘मुगलान’ ले युवाहरूको परदेश सपना, गाउँघरको प्रेम र सङ्घर्षको कथा समेत भनेको छ । फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, खबपु, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतको अभिनय छ ।

आशिष ढकालको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माता गोमन सिंह हुन् । रिता चौधरीको प्रोड्युसर रहेको फिल्ममा तारा थापा ‘किम्भे’ को सम्पादन, जय विष्ट र राम गुरुङको द्वन्द्व र देवेन्द्र कुँवरको कोरियोग्राफी छ । फिल्मको वितरणको जिम्मा आरआर फिल्मसले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप