बुढानिलकण्ठको कप्तानी धिरोजले गर्ने
बिहीबार, १० पुस २०८२, ११ : ४५
सारांश
- बुढानिलकण्ठ भलिबल क्लबले धिरोज काजी बस्नेतको कप्तानीमा एनभीए भलिबल प्रतियोगिताको लागि टोली घोषणा गर्यो।
- क्लबले यसपटक विदेशी खेलाडी नलिई स्वदेशी खेलाडीहरूलाई मात्रै समेटेको छ।
- प्रतियोगिता पुस ११ देखि २० गतेसम्म त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुनेछ।
काठमाडौँ । नवौँ एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगितामा बुढानिलकण्ठ भलिबल क्लबले अनुभवी खेलाडी धिरोजकाजी बस्नेतको कप्तानीमा आफ्नो टोली घोषणा गरेको छ ।
क्लबले यसपटक कुनै पनि विदेशी खेलाडी अनुबन्ध नगरी पूर्णतया स्वदेशी प्रतिभाहरूलाई मात्र समेटेको छ। नेपाल भलिबल सङ्घको वार्षिक कार्यक्रम अनुसार प्रतियोगिता पुस ११ देखि २० गतेसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हल त्रिपुरेश्वरमा सञ्चालन हुनेछ ।
कप्तान बस्नेतसँगै टोलीमा दिलीप राई, नवीन श्रेष्ठ, सुरेश मल्ल, पारस बोहोरा, भुवन पाठक, विकाश तामाङ, पुष्कल थापा, अर्जुन माल, पुष्कर मगर र शङ्कर तामाङ रहेका छन् । टोलीको मुख्य प्रशिक्षकमा राम खड्का बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण