देउवा, ओली र प्रचण्डलाई भेट्दै सरकारका प्रवक्ता
शुक्रबार, ११ पुस २०८२, ०९ : ५९
सारांश
- सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार तीन दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने भएका छन्।
- भेटमा चुनावको विषयमा छलफल हुने बताइएको छ ।
- खरेलले देउवा, ओली र प्रचण्डलाई छुट्टाछुट्टै भेट्नेछन्।
काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार प्रमुख तीन दलका शीर्ष नेतालाई भेट्ने भएका छन् । सञ्चारमन्त्रीको सचिवालयका अनुसार खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई भेट्न लागेका हुन् ।
भेटका क्रममा चुनावको विषयमा छलफल हुने बताइएको छ ।
खरेलले सबैभन्दा पहिले देउवालाई महाराजगन्जस्थित निवासमै गएर भेट गर्नेछन् । त्यसपछि ११ बजे ओलीलाई गुण्डु निवास र प्रचण्डलाई खुमलटारस्थित निवासमै भेट्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण