अन्तरिम मन्त्रिपरिषद् पाँचौँ पटक विस्तार, कार्कीले बिर्सिइन् आफ्नै बचन
सारांश
- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पाँचौँ पटक विस्तार, बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त।
- जेनजी आन्दोलनपछि केपी शर्मा ओलीको राजीनामा स्वीकृत, कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन्।
- कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दा सुरुमा ४ र पछि १५ सदस्यीय बनाएकी थिइन्।
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद् पाँचौँ पटक विस्तार भएको छ ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् । याे सहित मन्त्रिपरिषद् पाँचौँ पटक विस्तार भएकाे हाे ।
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालै स्वीकृत गरेका थिए ।
त्यसको ३ दिनपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्कीलाई जेनजीको सिफारिसमा आफूमा निहित बाधा अड्काउ फुकाउको अधिकार प्रयोग गरी प्रधानमन्त्री नियुक्त गरेका थिए ।
कार्कीले यसअघि भदौ ३०, असोज ६, कात्तिक ९ र मंसिर २६ गते मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् ।
कार्कीले भदौ ३० गते पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरी रामेश्वर खनाललाई अर्थ, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास तथा ओमप्रकाश अर्याललाई गृह, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सुम्पिँदै ४ सदस्यीय बनाइन् ।
कार्कीले दोस्रो पटक असोज ६ गते ४ मन्त्री थप्दै मन्त्रिपरिषद् ८ सदस्यीय बनाइन् । त्यसदिन कार्कीले अनिलकुमार सिन्हालाई उद्योग वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मदनप्रसाद परियारलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइन् ।
त्यसदिन भदौ ३० गते मन्त्री अर्याललाई दिएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी खोसेर कार्कीले सिन्हालाई दिइन् ।
कात्तिक ९ गते प्रधानमन्त्री कार्कीले तेस्रो पटक विस्तार गरी २ मन्त्री थपेर मन्त्रिपरिषद् १० सदस्यीय बनाइन् । त्यो दिन कार्कीले सुधा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइन् ।
प्रधानमन्त्री कार्कीले मंसिर २६ गते चौथो पटक ४ मन्त्री थपेर मन्त्रिपरिषद् १४ सदस्यीय बनाइन् । त्यो दिन कार्कीले कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, माधवप्रसाद चौलागाईलाई वन तथा वातावरण मन्त्रालय र श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइन् ।
असोज ६ गते सिन्हालाई दिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय उनीबाट खोसेर इङ्नामलाई दिइन् ।
शुक्रबार एक जना मन्त्री थपेर उनले मन्त्रिपरिषद् १५ सदस्यीय पुर्याएकी छन् । मन्त्रिपरिषद्को संख्या प्रधानमन्त्री कार्की आफैले बोलेको भन्दा बढी हो । उनले आफू नेतृत्वको अन्तरिम सरकार बढीमा ११ सदस्यीय बनाउने सार्वजनिक रूपमै बताएकी थिइन् ।
प्रधानमन्त्री भएपछि बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिँदै कार्कीले मन्त्रिपरिषद् ११ सदस्यीय हुने र गैरराजनीतिक व्यक्तिमात्रै समेटिने बताएकी थिइन् । तर, उनले पार्टी पटक विस्तार गर्दा मन्त्रिपरिषद् १५ सदस्यीय पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ट्राफिक कारबाहीबाट १ करोड ३२ लाख भन्दा बढी राजस्व सङ्कलन
-
गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा भेटियो
-
बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने
-
विराटनगर आइपुग्याे रेल कार्गो, तस्बिरहरू
-
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै महिलाहरू
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण