बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना

शुक्रबार, ११ पुस २०८२, १८ : ००
शुक्रबार, ११ पुस २०८२

काठमाडाैँ । यातना सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्वप्रधानमन्त्रीकी पत्नी बुशरा बीबी खानको नजरबन्दको अवस्थाको आलोचना गर्दै उहाँको अवस्था अन्तर्राष्ट्रिय मापदण्ड भन्दा न्युन रहेको बताएका छन् ।

संयुक्त राष्ट्रका विज्ञले उनलाई शारीरिक र मानसिक अखण्डतामा गम्भीर खतरा निम्त्याउन सक्ने अवस्थामा हिरासतमा राखिएको चेतावनी दिएका छन् भने अधिकारीहरूलाई यथा सिग्र स्थितिलाई सम्बोधन गर्न आग्रह गर्दै संयुक्त राष्ट्र मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले एक विज्ञप्ती जारी गरेको छ ।

“बुशरा बीबी खानको स्वास्थ्यको रक्षा गर्न र मानवीतासहितको नजरबन्दको अवस्था सुनिश्चित गर्न राज्यको दायित्व भएको यातना सम्बन्धी संयुक्त राष्ट्रसङ्घकी विशेष प्रतिवेदक एलिस जिल एडवड्र्सले बताएका छन् ।

ओएचसीएचआरको प्रेस विज्ञप्ति अनुसार बुशरा बीबी खानलाई एउटा सानो, हावा नआउने कोठामा राखिएको र उक्त स्थानमा कीराहरूलगायतको संक्रमणको डर भएको जनाइएको छ । उनलाई अशुद्ध पिउने पानी र अत्यधिक खोर्सानी राखेको खाना दिइएको पनि बताइएको छ ।

उनको अवस्था न्यूनतम अन्तर्राष्ट्रिय मापदण्ड भन्दा तल रहेको उल्लेख गर्दै एडवड्र्सले “कुनै पनि कैदीलाई अत्यधिक गर्मी, दूषित खाना वा पानी, स्वास्थ्य समस्या बडाउने गरी नजर कन्दमा राख्न नहुने बताए ।

विशेषज्ञले पाकिस्तानलाई नजरबन्दको अवस्था र स्थानहरूले कैदीहरूको उमेर, लिङ्ग र स्वास्थ्य परिस्थितिलाई ध्यानमा राख्नुपर्ने कुरासमेत सुझाएका छन् ।

प्रतिवेदनले बुशरा बीबी खानलाई दिनको २२ घण्टा भन्दा बढीको लागि, व्यायाम, पठन सामग्री, कानुनी सल्लाह, परिवार भ्रमण, वा उनको व्यक्तिगत चिकित्सकहरूको पहुँच बिना प्रायः पूर्ण एकान्तवासमा राखिएको जनाएको छ ।

विशेष प्रतिवेदकले औपचारिक रूपमा बुशरा बीबी खानको अवस्थालाई पाकिस्तान सरकार समक्षा राखी घटनाक्रमलाई नजिकबाट निगरानी गर्ने जनाएकाे छ ।

यसैबिच, मङ्गलबार पाकिस्तानको एक स्थानीय अदालतले पिटिआईका संस्थापक इमरान खान र उनकी पत्नीलाई लागेका मुद्दाहरूमा अन्तरिम जमानत विस्तार गरेको छ, भने इमरान खानलाई अर्को सुनुवाइमा व्यक्तिगत रूपमा वा भिडियो लिङ्क मार्फत उपस्थित हुन निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप