सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : परराष्ट्रमन्त्री

शुक्रबार, ११ पुस २०८२, १८ : ५३
शुक्रबार, ११ पुस २०८२

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले चुनावसम्बन्धी विषयमा छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य गर्ने बताएका छन् ।

मन्त्रालयमा शुक्रबार पदबहालीका क्रममा उनले यस्ताे बताएका हुन् । 

मन्त्री शर्माले भने, “दुई छिमेकी र अन्य मित्र राष्ट्रहरू नवोदित राष्ट्रहरू हुन् । उहाँहरूको अनुभव ज्ञान हामीहरूले लिनुपर्छ । सहकार्य गर्दै अगाडि बढ्ने वातावरण सिर्जना गर्न सकिन्छ भन्ने मलाई आशा छ ।”

नवनियुक्त परराष्ट्रमन्त्री शर्माले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप