करसम्बन्धी सम्पूर्ण सेवा अब ताप्लेजुङबाटै सुरु
शुक्रबार, ११ पुस २०८२, २२ : ५७
सारांश
- अब ताप्लेजुङबाटै करसम्बन्धी सेवा उपलब्ध हुने भयो।
- अघि फिदिमबाट सञ्चालित सेवा अब ताप्लेजुङ सारियो।
- नयाँ व्यवस्थाले सेवाग्राहीलाई सहज बनाउनेछ।
ताप्लेजुङ। करदाता सेवा कार्यालयको सेवा अब ताप्लेजुङबाटै सुरु भएको छ । यसअघि पाँचथरको फिदिमबाट सञ्चालन हुँदै आएका करसम्बन्धी सम्पूर्ण सेवा शुक्रबारदेखि ताप्लेजुङबाटै सुरु गरिएको हो ।
स्थानीय तह वा अन्य निकायमार्फत कर सेवा उपलब्ध गराउने सरकारको निर्णयअनुसार ताप्लेजुङस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट कर दर्ता, दाखिलालगायत सबै करसम्बन्धी कामकाज सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख यामनाथ गिरीले जानकारी दिए ।
नयाँ व्यवस्थासँगै करदाता तथा सेवाग्राहीले फिदिम पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । यसले सेवाग्राहीलाई समय र आर्थिक भार कम भएको छ । कर प्रशासनलाई थप व्यवस्थित, पारदर्शी र सेवामुखी बनाउने उद्देश्यका साथ सेवा सुरु गरिएको प्रमुख गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण