धिरेन र राजेन्द्रलाई सम्मान गर्दै ३२ विधामा आदिवासी अवार्ड प्रदान
सारांश
- राष्ट्रिय आदिवासी संगीत एवम् चलचित्र अवार्ड २०८२ काठमाडौँमा सम्पन्न भयो, जसमा विभिन्न विधामा अवार्ड प्रदान गरियो।
- धिरेन शाक्य र राजेन्द्र खड्गीलाई सम्मान गरिएको थियो, जसमा विभिन्न विधामा अवार्ड वितरण गरियो।
- विभिन्न आदिवासी चलचित्र, गीत र संगीतका कलाकारहरूलाई उनीहरूको उत्कृष्ट कार्यको लागि पुरस्कृत गरियो।
काठमाडौँ । अभिनेता धिरेन शाक्य र राजेन्द्र खड्गीलाई सम्मानसहित चलचित्र र गीत संगीतको विभिन्न ३२ विधामा अवार्ड प्रदान गर्दै तेस्रो राष्ट्रिय आदिवासी संगीत एवम् चलचित्र अवार्ड २०८२ काठमाडौँमा सम्पन्न भएको छ ।
चलचित्र विकास बोर्डमा आयोजित अवार्ड समारोहमा अभिनेता धिरेन शाक्य, अग्रज द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, अग्रज लोक गायक कृष्ण गुरुङलाई विशेष सम्मान गरिएको छ । अभिनेता देवेन्द्र नेम्वाङ, सञ्चारकर्मी अनिल गुरुङ, संगीतकार विशाल योञ्जन, कलाकार तथा व्यवसायी टासी गुरुङ र ह्याङला रिमठिम तामाङ डम्फु संघ नेपाललाई पनि कार्यक्रममा सम्मानित गरियो । अवार्डको निर्णायकमा चलचित्र निर्देशक दिनेश लिङदेन, संगीत संयोजक डिका गुरुङ, संगीतकार आरम्भ तामाङ, राज लिम्बु शुक्र थिए ।
समारोहमा आदिवासी चलचित्र तर्फ उत्कृष्ट चलचित्रको अवार्ड लिम्बु चलचित्र नाम ओती र निर्देशकको अवार्ड चलचित्र टुहुरीबाट जनक गुरुङले तिजे । आदिवासी चलचित्रतर्फ उत्कृष्ट अभिनेताको अवार्ड नाम ओतीबाट पूर्णबहादुर लिम्बुले उत्कृष्ट अभिनेत्रीको अवार्ड श्होङबाट रुपा एस घले हासिल गरे ।
यस्तै आदिवासी चलचित्रतर्फ नै गुरुङ चलचित्रबाट टुहुरीबाट चरित्र अभिनेताको अवार्ड कुमार साम्री घले, चरित्र अभिनेताको जुरी अवार्ड अच्युत गुरुङ र चरित्र अभिनेत्रीको अवार्ड पनि टुहुरीबाटै कमला राई (करु) ले हासिल गरे । यसैगरी लिम्बु चलचित्रतर्फ चरित्र अभिनेताको अवार्ड चलचित्र चे बाट तीर्थराज लिम्बु र चरित्र अभिनेत्रीको अवार्ड नाम ओतीबाट ज्योति लिम्बुले हासिल गरे ।
समारोहमा तामाङतर्फ तामाङ सेलो उत्कृष्ट गायकको अवार्ड सातै प्रदेशबाट देवलाल मोक्तान र जुरी अवार्ड आजको रमाइलोबाट हरिलाल तामाङ, तामाङ सेलो गीत उत्कृष्ट गायिकाको अवार्ड हुरहुर दौँतरीबाट ओङमु शेर्पा र जुरी अवार्ड झेवा मैच्याङबाट लक्ष्मी घिसिङले प्राप्त गरे ।
तामाङ गीत उत्कृष्ट पुरुष मोडलको अवार्ड फनफनी घुम्नेबाट मंगले तामाङ (मनोज थीङ) र यही विधामा पब्लिक च्वाइस अवार्ड साइला नक्कले गीतबाट सुजन घलेले हासिल गरे । तामाङ सेलो उत्कृष्ट महिला मोडलको अवार्ड ‘जाडो बढ्यो’ याङ्गी दोङले र महिला मोडल जुरी अवार्ड ‘तुम्लिङटार गीत’बाट सपना तामाङले प्राप्त गरिन् ।
यस्तै म्हेन्दोमाया उत्कृष्ट गायकको अवार्ड संकेन तोमौबाट सुमन घलेले म्हेन्दोमाया उत्कृष्ट गायिकाको अवार्ड हंगामा मच्चाइबाट सिता लामाले हासिल गरिन् । यही विधामा मायालाई चिनो गीतबाट डोल्मा लोप्चनलाई जुरी अवार्ड प्रदान गरियो । यस्तै म्हेन्दोमाया महिला मोडलको अवार्ड तोला तोला गीतको भिडियोबाट सलिना तामाङले प्राप्त गरिन् ।
यस्तै मौलिक÷गुरुङ गीत उत्कृष्ट गायिकाको अवार्ड मारै ट झललबाट पवित्र गुरुङले, जुरी अवार्ड फूलको थुङ्गाबाट दुर्गा गुरुङ र पब्लिक च्वाइस अवार्ड तमु समाज युके गीतबाट अनिता गुरुङले हासिल गरे ।
लिम्बु गीत उत्कृष्ट गायकको अवार्ड पालाम आनिङबा ५ बाट शम्भु फोम्बाले, जुरी अवार्ड मिघम्बबाट तानाम तान्छो लावतीले, लिम्बु गीत उत्कृष्ट गायिकाको अवार्ड अम्लेङसा के ओत्लबाट हेमुस्मृती चोङ्बाङले प्राप्त गरे । लिम्बु गीत भिडियो पुरुष मोडलको अवार्ड पालाम फुङहेक्के २ हर्क घिसिङ, महिला मोडलको अवार्ड सोमिप्पाबाट सुम्निमा खापुङ लिम्बुले प्राप्त गरे भने चिन्डोमा धान छ गीतको भिडियोबाट मिना लिम्बुले चरित्र अभिनेत्रीको अवार्ड चुमिन् ।
मौलिक गीत गायनतर्फ उत्कृष्ट गायकको अवार्ड तमु समाज युके गीतबाट आर के गुरुङले, पब्लिक च्वाईस अवार्ड ढोल झ्याम्टोबाट नन्दु राईले, मौलिक उत्कृष्ट गायिकाको अवार्ड उहिलेको मायाबाट शिला राईले, जुरी अवार्ड हौ लुंगाबाट रबिन लेछारले हासिल गरे ।
आदिवासी गीत गायिकाको अवार्ड काफल पाक्दा बनैमाबाट जुनी खालिङ राई, आदिवासी गीत गायकको अवार्ड लकु फोरीबाट मिस्टर एलोन सोनाम गुरुङलाई प्रदान गरियो ।
आदिवासी म्युजिक भिडियो निर्देशकको अवार्ड जोडी राम्रोबाट रमेश थापामगर, नृत्य निर्देशकको अवार्ड तमु समाज युकेबाट तेन्याङ (सरु) गुरुङ राना, आदिवासी गीत उत्कृष्ट महिला मोडलको अवार्ड हङकङको चिनोबाट रिस्ता गुरुङले, महिला मोडल पब्लिक च्वाइस अवार्ड लकु फोरीबाट देचाङ अंगमा घलेले र आदिवासी म्युजिक भिडियो बाल कलाकारको अवार्ड लकु फोरीबाट तेन्जिङ जस्टिङ गुरुङले प्राप्त गरे ।
यस्तै आदिवासी उत्कृष्ट गीतकारको अवार्ड तमु समाज युकेगीतबाट सूर्य गुरुङ, आदिवासी गीत उत्कृष्ट संगीतकारको अवार्ड लकु फोरी गीतबाट मिस्टर एलोन सोनाम गुरुङ र आदिवासी म्युजिक भिडियो छायांकारको अवार्ड डोको चोयालेबाट सञ्जय बुढाथोकी मगरले प्राप्त गरे ।
आदिवासी गीत भिडियो मेकअप आर्टिष्टको अवार्ड आन्छी मिम आफाल्लाङ गीतको भिडियोबाट सोम मगरांतीले प्राप्त गरे । समारोहमा वर्षको सर्वोत्कृष्ट आदिवासी गीतको अवार्ड हङकङको चिनोले हासिल गर्यो भने तमु समाज युकेलाई पब्लिक च्वाइस अवार्ड प्रदान गरियो । क्वालिटी फिल्मस् प्रालिको आयोजनामा अवार्ड सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण