रसुवागढी नाका जनवरी १ देखि खुल्दै
सारांश
- रसुवागढी-चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ।
- जिल्ला प्रशासन कार्यालय रसुवाले चीन सरकारले बेलिब्रिज सञ्चालनमा ल्याउने जानकारी दिएको छ।
- गत असार २४ गते चीन तर्फबाट आएको बाढीले मितेरी पुल बगाएपछि बेलिब्रिज निर्माण गरिएको हो।
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको हाे ।
प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बिहीबार (जनवरी १) देखि बेलिब्रिज सञ्चालनमा आउने रातोपाटीलाई जानकारी दिए ।
‘जनवरी १ देखि बेलिब्रिज सञ्चालन हुने भन्ने जानकारी हामीलाई प्राप्त भएको छ,’ पन्थीले भने, ‘आधिकारिक रूपमा भने आएको होइन । उहाँहरूले सामाजिक सञ्जालमा राखिसक्नु भएको छ । त्यसैलाई आधिकारिक मान्नु पर्ने देखियो ।’
बेलिब्रिज सञ्चालनमा आएपछि नाका पनि खुला हुने उनको भनाइ थियो । गत असार २४ गते चीन तर्फबाट आएको बाढीले रसुवागढी–चीन जोड्ने मितेरी पुल बगाएको थियो । त्यसपछि चिनियाँ सरकारले बेलिब्रिज निर्माण गरेको हो । करिब ६ महिनापछि सञ्चालनमा आउने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण