निर्वाचन आयोगद्वारा अन्तिम मतदाता सूची प्रकाशित
सारांश
- निर्वाचन आयोगले अन्तिम मतदाता सूची प्रकाशित गरेको छ।
- अन्तिम मतदाता नामावलीमा १,८९,०३,६८९ मतदाता समावेश छन्।
- मतदाताले www.election.gov.np मा आफ्नो नाम हेर्न सक्नेछन्।
काठमाडौँ । निर्वाचन आयोगले अन्तिम मतदाता सूची प्रकाशित गरेको छ । शनिबार आयोगले अन्तिम मतदाता नामावली प्रकाशित गरेको हो ।
आयोगका अनुसार प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६,६३, ३५८ पुरुष, ९२,४०,१३१ महिला र अन्य २०० गरी १,८९,०३६८९ मतदाता समावेश भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम मतदाता नामावली प्रकाशित गरिएको आयोगले जनाएको छ ।
आयोगले मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ म भएको व्यवस्था बमोजिमको प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्म १८ उमेर पुरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशित गरिएको जनाएको छ ।
सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्ने गरी अन्तिम मतदाता नामावलीको वेबसाइट www.election.gov.np मा समेत प्रकाशित गरिएको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
-
डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
-
योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य
-
चिनियाँ आर्थिक सहयोगमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु
-
अर्थ मन्त्रालयमा बजेट कार्यान्वयनका लागि छलफल सुरु
-
घरअगाडिबाटै हरायो ट्रक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण