बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्प–जेलेन्स्की भेटअघि पुटिनले दिए चेतावनी

आइतबार, १३ पुस २०८२, ०९ : ४८
आइतबार, १३ पुस २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच फ्लोरिडामा वार्ता हुँदैछ, जसमा रुस-युक्रेन द्वन्द्व अन्त्यबारे छलफल हुनेछ।
  • पुटिनले युक्रेनलाई चेतावनी दिँदै वार्ताबाट समाधान ननिस्किए सैन्य बल प्रयोग गर्ने बताएका छन्।
  • रुसी आक्रमणपछि पुटिनको भनाइ आएको हो, जसमा किभ र वरपरका क्षेत्रहरूमा आक्रमण भएको थियो, र यसले युद्ध अन्त्य गर्ने रुसी इच्छालाई अस्वीकार गरेको छ।

मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबिच आइतबार फ्लोरिडामा रुस–युक्रेन द्वन्द्व अन्त्य गर्नेबारे महत्त्वपूर्ण वार्ता हुँदैछ । यस भेटअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई कडा चेतावनी दिएका छन् । 

युक्रेनले शान्तिपूर्ण रूपमा युद्ध अन्त्य गर्न कुनै चासो नदेखाउने उनको भनाइ छ  ।  यदि वार्ताबाट समाधान निस्किएन भने रुसले सैन्य बल मार्फत आफ्नो विशेष सैन्य अपरेसनको सबै उद्देश्यहरू प्राप्त गर्ने उनले स्पष्ट रूपमा चेतावनी दिए ।

रुसले युक्रेनमाथि आफ्नो आक्रमण तीव्र पारेको र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग महत्त्वपूर्ण बैठक गर्नै लाग्दै गर्दा पुटिनको यो बयान आएको छ । रुसको सरकारी समाचार एजेन्सीका अनुसार, कीभका अधिकारीहरूले शान्तिपूर्ण रूपमा समस्या समाधान गर्न चाहँदैनन् भने रुसले आफ्ना सबै काम सैन्य माध्यमबाट पूरा गर्ने  पुटिनले भनेका छन् ।

वर्तमान युक्रेनी सरकारलाई शान्ति सम्झौतामा पुग्न हतार नभएको पनि पुटिनले भनेको समाचारमा भनिएको छ । उनले एक वर्ष अघि रुसी विदेश मन्त्रालयमा दिएको भाषणमा पनि यही कुरा भनिएका थिए । दुर्भाग्यवश  आज पनि कीभका नेताहरू यो द्वन्द्वलाई शान्तिपूर्ण रूपमा अन्त्य गर्न गम्भीर नभएको पुटिनको भनाइ छ ।

पुटिनको यो भनाइ रुसी आक्रमणपछि आएको हो । रुसले रातारात किभ र वरपरका क्षेत्रहरूमा लगभग ५०० ड्रोन र ४० वटा मिसाइल प्रहार गरेको थियो ।  आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको थियो र लगभग २७ जना घाइते भएको खबर आएको छ । १० घण्टासम्मको आक्रमणले रुस युद्ध अन्त्य गर्न चाहँदैन भन्ने कुरा स्पष्ट रूपमा देखाएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप