नेकपा हुम्ला : संविधानसभा सदस्यदेखि निवर्तमान सांसदसम्म उम्मेदवार सिफारिस
सुर्खेत । एक मात्र निर्वाचन क्षेत्र रहेको हुम्लाबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई दर्जन बढी नेताहरूको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ ।
नेकपा हुम्लाले केन्द्रमा पठाएको पत्र अनुसार, प्रत्यक्षतर्फ मात्रै ६ जनाको नाम सिफारिस गरिएको छ । जसमा संविधानसभा सदस्य समेत रहेका छिमी दोर्जे लामा, कर्णजीत बुढाथोकी, निवर्तमान सांसद छिरिङ डम्डुल लामा, डा. दीपेन्द्र रोकाया, प्रेम बहादुर शाही र ध्रुव शाही रहेका छन् ।
अन्य नेताहरूभन्दा साविक माओवादीका जिल्ला संयोजक समेत रहेका डा. रोकायाको सम्भावना बोकेका नेता हुन् ।
उनी ०७९ मै निर्वाचनमा भाग लिन खोजेका थिए । तर, त्यो बेला छिरिङ डम्डुल लामालाई टिकट दिइएको थियो । माओवादीभित्र बौद्धिक नेताको परिचय बनाएका रोकाया योजना आयोग कर्णाली प्रदेशका पूर्व सदस्य समेत हुन् ।
यस्तै समानुपातिकतर्फ त आकाङ्क्षीको लर्को नै छ । पिछडिएको क्षेत्रबाट हस्त बहादुर शाही, महिला कोटाबाट सिता शाही, लक्ष्मी बुढा, प्रतिमा बुमी, मञ्जु बुढा र कुसुम कार्की, दलित समूहबाट काली बहादुर विक, तिलसरा विक, नैनसिंह नेपाली र कसम वीर लुहारको नाम सिफारिस गरिएको छ ।
आदिवासी जनजातिबाट नाम्ग्याल लामा, प्रेमा लामा, र उसा लामा, अपाङ्ग समूहबाट अजवीर बुढा, खस आर्यबाट मान बहादुर थापा, देवीलाल चौलागाईं र कमल बोहरा नाम सिफारिस गरिएको साविक माओवादी हुम्लाका संयोजक दीपेन्द्र रोकायाले बताए ।
राष्ट्रिय सभा सदस्यका लागि वीरजङ्ग शाही, धनञ्जय फडेरा र गोविन्द शाहीको नाम सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण