कृषकलाई प्रोत्साहन गर्न दूधमा रु १० अनुदान
तनहुँ । म्याग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति लिटर दूधमा रु १० अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाले दूग्ध व्यवसायलाई व्यवस्थित, व्यावसायिक र दिगो बनाउने लक्ष्यसहित उक्त कार्यक्रम अघि सारेको जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार स्थानीय दुग्ध उत्पादक किसानको उत्पादन लागत बढ्दै गएको र बजार मूल्य अपेक्षाअनुसार नबढेकाले किसान समस्यामा परेको अवस्थालाई मध्यनजर गर्दै अनुदान कार्यक्रम ल्याइएको हो ।
यस कार्यक्रमले किसानको आम्दानी वृद्धि गर्न, दुग्ध उत्पादनलाई निरन्तरता दिन र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको अधिकारीले बताए ।
गाउँपालिकाले अनुदान प्राप्त गर्न चाहने दुग्ध उत्पादक समूह वा सहकारीलाई निवेदन दिन आग्रह गरेको छ । अधिकारीका अनुसार निवेदनसँगै गत साउन १ गतेदेखि कात्तिक मसान्तसम्म सङ्कलन र बिक्री भएको दूधको प्रमाणित अभिलेख, सहकारी वा समूह दर्ताको प्रमाणपत्र संलग्न गर्न अनुरोध गरिएको छ ।
गाउँपालिकाले दुग्ध उत्पादन क्षेत्रलाई प्राथमिकतामा राख्दै यसअघि पशुपालन प्रवर्द्धन, उन्नत जातका गाईभैँसी वितरण, पशु स्वास्थ्य सेवा तथा तालिम कार्यक्रम सञ्चालन गर्दै आएको अधिकारीले बताए । अनुदान कार्यक्रमले स्थानीय किसानलाई व्यवसायप्रति थप आकर्षित गर्ने र दुग्ध क्षेत्रमा लगानी बढाउने विश्वास व्यक्त गरिएको छ ।
स्थानीय दुग्ध उत्पादक किसानले गाउँपालिकाको यो निर्णयलाई सकारात्मक रूपमा लिँदै यसले उत्पादन लागतको केही भार कम गर्ने र व्यवसाय टिकाइराख्न सहयोग पुग्ने भन्दै खुसी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण