फाइभस्टार होटलमा हेरे समाजवादी मन्त्रीले विश्वकप फाइनल
आइतबार, ३१ असार २०७५, २१ : २७
काठमाडौं -आधा दर्जनमन्त्रीसहित नेकपाका नेताहरुले फाइभस्टार होटल पुगेर विश्वकप फाइनल हेरेका छन् ।
विश्वकप फुटवलको फाइनल खेल हेर्न ओली सरकारका मन्त्री होटल याक एण्ड यतिमा पुगेका हुन् ।
उर्जामन्त्री बर्षमान पुन, श्रम मन्त्री गोकर्ण विष्ट, उद्योगमन्त्री मात्रिका यादवसहितका मन्त्रीहरु नेकपाका यूवा नेतासहित खेल हेर्न फाइभ स्टार होटल पुगेका हुन् ।
रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच खेल भएको थियो ।
खेल हेर्न टोपबहादुर रायमाझी, धनश्याम भुसाललगायतका यूवा नेताहरु पनि पुगेका थिए ।
खेल हेर्न पूर्वसभामुख ओनसरी घर्ती पनि पुगेकी थिइन् ।
होटल स्रोतका अनुसार सहभागी एक सय ५० जना हुने भन्दै प्रत्येक एक जनालाई खाना खर्च २५ सय रुपैयाँ दरले गरिएको थियो ।
क्रोएशियालाई ४–२ ले हराउँदै फ्रान्सले विश्वकप फुटबलको उपाधि जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण