शिक्षकलाई दिइयो कुकुर गणनाको जिम्मेवारी, यस्तो छ कारण
नयाँ दिल्ली । शिक्षकको काम विद्यार्थीलाई पाठ्यक्रम पढाउने हो । यद्यपि भारतमा शिक्षकलाई अनौठो जिम्मेवारी दिइएको छ ।
दिल्ली सरकारले शिक्षकलाई सामुदायिक कुकुर गणनाको काम सुम्पिएको हो । यसबारे समाजमा मिश्रित प्रतिक्रिया देखिएको छ ।
दिल्ली सरकारले सडकमा छाडा अवस्थामा रहेका सामुदायिक कुकुर गणनाको काम शिक्षकलाई सुम्पिएको हो । सरकारी र निजी दुवै प्रकारका स्कुलका शिक्षकलाई यो जिम्मेवारी दिइएको छ ।
शिक्षा निर्देशनालयले यस प्रकारको आदेश जारी गरेको हो । जिल्ला शिक्षा अधिकारीलाई ‘नोडल अधिकारी’को जिम्मेवारी तोकेर कुकुर गणनामा छानिएका शिक्षकको जानकारी पठाउन निर्देशनालयले भनेको छ ।
यो काम भारतको सर्वोच्च अदालतले ७ नोभेम्बर २०२५ मा दिएको आदेश अन्तर्गत अघि बढाएको जनाइएको छ । जसअनुसार शिक्षकले विद्यालय परिसर र आसपास रहेका सामुदायिक कुकुर गणना र निगरानीको काम गर्नुपर्नेछ । उनीहरूले त्यस्ता कुकुरको संख्या खुलाउने साथै ती कुकुरबाट बालबालिकामाथि हमला हुने खतरा आकलन गरी सम्बन्धित विभागमा रिपोर्ट बुझाउनुपर्ने छ ।
प्रशासनले सामुदायिक कुकुरबाट बालबालिकामाथि हुने आक्रमणलाई न्यूनीकरण गर्न यस्तो कदम उठाउनु परेको जनाएको छ । विभिन्न शिक्षक संगठनले भने सरकारको यस्तो निर्देशनको आलोचना गरेका छन् । यद्यपि, केहीले भने बालबालिकाको सुरक्षाका लागि यो कदम जरुरी रहेको भन्दै स्वागत गरेका छन् ।
सामाजिक सञ्जालमा समेत यसबारे बहस भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण