विश्वकप फाइनलमा क्रोएशियाले गोल फर्कायो, फ्रान्स ४–२ ले अघि
आइतबार, ३१ असार २०७५, २२ : १४
विश्वकप फुटबलमा फ्रान्सले क्रोएशिया विरुद्ध ४–२ को अग्रता लिएको छ । मारिया माड्जुकीले १८ औं मिनेटमा आत्मघाती गोल गरेपछि खेलमा फ्रान्सले सुरुवाती अग्रता लिएको थियो ।
क्रोएशियाबाट इभान पेरिसिकले २८ औं बराबरी गोल फर्काएका थिए । तर डिबक्समा उनैले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा फ्रान्सले फेरि अग्रता लियो ।
फ्रान्सबाट एन्टोनियो ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गरे । दोस्रो हाफमा फ्रान्सका पाउल पोग्बा र कालियन एमबाप्पेले एक एक गोल थपे ।
रोमान्चक खेलको अन्त्यतिर मारियो माड्जुकीले गोल फर्काउँदै क्रोएशियालाई ४–२ को स्थितीमा ल्याएका छन् ।