सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
मतगणना अपडेट

बझाङमा कांग्रेसका उम्मेदवारलाई उछिन्दै माओवादी दोस्रो स्थानमा

आइतबार, १६ वैशाख २०८१, १७ : ४१
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । बझाङ प्रदेशसभा १ को जारी मतगणनामा एमालेका उम्मेदवारले अग्रता कायमै राख्दा माओवादी केन्द्रका उम्मेदवार दोस्रो स्थानमा रहेका छन् । 

एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले १५९२ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार जनक बहादुर बुढाले ९९९ मत पाएका छन् । 

बुढाले कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई उछिनेका हुन् । सिंह ९५५ मत पाउँदै तेस्रो स्थानमा पुगेका हुन् । 

यस्तै एकीकृत समाजवादीका उम्मेदवारले भने ५७२ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप