ट्रयाक खुलेको १८ वर्षपछि बेनीको वैकल्पिक सडक स्तरोन्नति हुँदै
सारांश
- म्याग्दीको बेनी-दरवाङ सडकको वैकल्पिक मार्गको स्तरोन्नति कार्य सुरु भएको छ।
- १ करोड ६१ लाखको लागत अनुमान रहेको यो सडक आगामी जेठ १५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
- सडकले बेनीका विभिन्न वडा र पश्चिम म्याग्दीका स्थानीय तहलाई जोड्नेछ।
म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरवाङ सडकको वैकल्पिक मार्गका रूपमा रहेको महारानीथान–छाप–डाँडाखेत–ठूलोखोला सडकको स्तरोन्नति कार्य सुरु भएको छ । बेनी नगरपालिकाले १८ वर्षअघि मार्ग खुलेको यो सडकलाई फराकिलो पार्ने, नाली र पर्खाल निर्माण गर्ने तथा कालोपत्र र ढलान गर्ने प्रक्रिया अघि बढाएको हो ।
१ करोड ६१ लाख रुपैयाँ लागत अनुमान गरिएको यस योजनाका लागि १ करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको शङ्कर निर्माण सेवाले अहिले कार्यक्षेत्रमा डोजर परिचालन गरी काम थालेको छ । आगामी जेठ १५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको यो योजनाअन्तर्गत टुनीखर्क खण्डमा ३५० मिटर प्रिमिक्स कालोपत्र र ४०० मिटर ढलान गरिने बेनी नगरपालिकाका सिनियर सबइन्जिनियर कमल थापाले जानकारी दिए ।
योजनाअन्तर्गत सडकको चौडाइ ६ मिटर पुर्याइनेछ भने पक्की नाला र पर्खाल समेत निर्माण हुनेछ । आर्थिक वर्ष २०६४/६५ मा ट्रयाक खोलिएको यो सडकले बेनी नगरपालिकाका वडा नम्बर ७, ६, ५ र ४ लाई जोड्नुका साथै पश्चिम म्याग्दीका तीनवटा स्थानीय तह पुग्ने सवारीसाधनका लागि सहज विकल्प दिनेछ ।
बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाका अनुसार यो सडकलाई नगरपालिकाले गौरवको आयोजनाका रूपमा प्राथमिकता दिएको छ । विगत चार वर्षदेखि विभिन्न खण्डमा स्तरोन्नति हुँदै आएको यस मार्गको कतिपय खण्डमा कालोपत्र भइसकेको छ । यद्यपि, अघिल्लो आर्थिक वर्षमा छाप क्षेत्रमा भएको कालोपत्र गुणस्तरीय नभएपछि निर्माण व्यवसायीको धरौटी रोक्का गरेर मापदण्ड अनुसार काम गराउन पहल भइरहेको वडा अध्यक्ष बानियाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन विधेयकमा संशोधन : पर्यटन प्राधिकरण स्थापना, पर्वतारोहण नियमन र स्थानीय रोयल्टी
-
नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ
-
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालन
-
गण्डकीका तीन अदालतमा जलेका तीन हजार तीन सय मिसिल पुनः प्राप्ति
-
एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्न सकिने
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा ७७ संशोधन दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण