भुटानका खेलाडीले बनाए विश्व कीर्तिमान, एकै टी-२० खेलमा लिए ८ विकेट
सारांश
- भुटानका सोमन येश्ले टी-२० क्रिकेटमा ८ विकेट लिने पहिलो बलर बनेका छन्।
- म्यानमारविरुद्धको खेलमा उनले ८ विकेट लिएर कीर्तिमान बनाएका हुन्, जसले विपक्षी टिमलाई ४५ रनमा समेटियो।
- यसअघि, पुरुष टी-२० आईमा मलेसियाका स्याजरुल इद्रसको नाममा ७ विकेटको कीर्तिमान थियो।
थिम्पु । भुटानका बायाँहाते स्पिनर सोमन येश्ले अन्तर्राष्ट्रिय टी-२० क्रिकेटको इतिहासमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। म्यानमारविरुद्धको खेलमा उनी टी-२० आईको एकै इनिङ्समा ८ विकेट लिने विश्वकै पहिलो बलर बनेका हुन्।
२२ वर्षीय येश्ले आफ्नो ४ ओभरको स्पेलमा मात्र ७ रन खर्चेर ८ विकेट लिँदै विपक्षी टोलीको ब्याटिङ लाइनलाई ध्वस्त पारे। येश्लेको यो जादुमयी बलिङका कारण भुटानले दिएको १२७ रनको लक्ष्य पछ्याएको म्यानमार मात्र ४५ रनमा समेटियो।
भुटानले ५–० ले क्लिन स्वीप गरेको यस सिरिजमा येश्ले एक्लैले १३ विकेट लिएका थिए। यसअघि पुरुष टी-२० आईमा मलेसियाका स्याजरुल इद्रसको नाममा ७ रन खर्चेर ८ विकेट लिएको कीर्तिमान थियो। महिला क्रिकेटतर्फ इन्डोनेसियाकी रोहमलियाले सन् २०२४ मा मङ्गोलियाविरुद्ध शून्य रनमा ७ विकेट लिएकी थिइन्।
सन् २०२२ मा मलेसियाविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका येश्ले त्यसयता रोकिएका छैनन्। डेब्यु खेलमै ३ विकेट लिएर सनसनी मच्चाएका उनले अहिलेसम्म ३५ खेलमा ३८ विकेट लिइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याम्ब्रिज अपस्किल्स अंग्रेजी परीक्षाको विश्वसनीयतामाथि प्रश्न, छानबिन र पुनःपरीक्षाको माग गर्दै निवेदन
-
मन्त्रिपरिषद् बैठक सकियो, सुनाइएन निर्णय
-
शिक्षा मन्त्रीको दोहोरो कुराः एकातिर छानबिन समिति, अर्कोतिर ‘नतिजा त्रुटिहीन’ रहेको दाबी
-
असार लागेपछि ७१ कर्मचारीको राजीनामा, बढ्यो अनुपात
-
रामकुमारी झाँक्रीको प्रश्न : संवैधानिक निकायले किन हैसियत गुमाए ?
-
सर्वोच्चको फैसलापछि बूढानीलकण्ठ स्कुलले हटायो अनधिकृत टहरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण