दलित समुदायको परम्परागत सीप र उद्यम विकासका लागि आवेदन आह्वान
काठमाडौँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले दलित समुदायको परम्परागत पेसा, ज्ञान, सीप, कला, संस्कृति तथा प्रविधिको संरक्षण, प्रयोग र विकास गरी जीवनस्तरमा सुधार ल्याउन 'भगत सर्वजित शिल्प उद्यम विकास कार्यक्रम' सञ्चालन गर्ने भएको छ ।
यस कार्यक्रमअन्तर्गत उद्यमशीलता विकास र प्रविधि स्तरोन्नतिमा सहयोग उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले जारी गरेको सूचनाअनुसार यस कार्यक्रमका लाभग्राहीहरूले उद्यमशीलता विकास तालिमका लागि अनुसूची–१ बमोजिमको ढाँचामा र प्रविधि स्तरोन्नतिमा सहयोगका लागि अनुसूची–३ बमोजिमको ढाँचामा आवेदन पेस गर्न सक्नेछन् । आवेदन सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र पेस गरिसक्नुपर्नेछ ।
इच्छुक तथा योग्य आवेदकहरूले अनलाइन फारम भर्न सक्नेछन्।
फारमको ढाँचा तथा विस्तृत जानकारी प्रतिष्ठानको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको पनि सूचनामा उल्लेख छ ।
त्रिपुरेश्वर काठमाडौंमा अवस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले यस कार्यक्रममार्फत दलित समुदायको आर्थिक तथा सामाजिक उत्थानमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ । थप जानकारीका लागि प्रतिष्ठानमा सम्पर्क गर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण