सहमतिको १४ घण्टापछि बोले कुलमान
मङ्गलबार, १५ पुस २०८२, ११ : ०१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता सहमतिपछि कुलमान घिसिङले प्रतिक्रिया दिएका छन्।
- उनले दुई पार्टीबीच ऐतिहासिक एकीकरण भएको र देश हितलाई प्राथमिकता दिने बताए।
- सहमति भएपछि कुलमानको अनुहार मलिन देखिएको थियो, जसले चासो बढाएको थियो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता गर्ने सहमति गरेको १४ घण्टापछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सहमतिबारे मुख खोलेका छन् । आइतबार राति ८ बजे सहमति भएकोमा घिसिङ मंगलबार यसबारे बोलेका हुन् ।
उनले दुई पार्टीबिच ऐतिहासिक एकीकरणको सहमति भएको भन्दै पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ आफूहरु एक ठाउँमा उभिएको फेसबुकमार्फत बताएका छन्।
यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने विश्वास लिएको उनले बताएका छन्।
शुक्रबार सहमति भएको तस्बिर सार्वजनिक हुँदा कुलमानको अनुहार मलिन देखिन्थ्यो । सोही कारण सहमतिबारे कुलमान खुसी नभएको हो कि भन्ने आशङ्का गरिँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण