यी हुन् कांग्रेसको बन्दसूचीमा समेटिएका ११० उम्मेदवार (सूचीसहित)
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समेटेका ११० उम्मेदवारको सूची रातोपाटीले प्राप्त गरेको छ । निर्वाचन आयोगले दलहरूलाई बन्दसूची बुझाउने समय पुस १३ र १४ गते दिएकोमा कांग्रेसले १४ गते भौचर काटेर १५ गते बिहान १० बजेमात्रै बुझाएको थियो ।
लामो रस्साकस्सीपछि टुङ्ग्याएको सूचीमा १४ सदस्यीय पदाधिकारीमा एक सहमहामन्त्रीलाई मात्रै बन्दसूचीमा राखेको छ । सहमहामन्त्री भीष्मराज आङ्देम्बे आदिवासी जनजातितर्फको पहिलो नम्बरमा छन् ।
सूचीमा पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, राष्ट्रपति रामचन्द्र पौडेलकी सुपुत्री संज्ञा पोखरेल पौडेल पनि परेकी छन् । सूचीमा ११ केन्द्रीय सदस्य समेटिएका छन् ।
सूचीमा समेटिने केन्द्रीय सदस्यमा अर्जुननरसिंह केसी, विद्यादेवी तिमिल्सिना, मानबहादुर नेपाली, गंगा शाही, डा. चन्द्रमोहन यादव, हरिशरण नेपाली, सिता थपलिया (उर्मिला), सितादेवी देवकोटा, रुक्मिणी कोइराला, सुशीला ढकाल आचार्य, गोमाकुमारी भट्टराई छन् ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण