नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने एमालेले व्यवहारमै देखायो : सुनिता डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेकपा एमालेको ११औँ महाधिवेशनमार्फत एमालेले नवयुवाको ‘मुभमेन्ट’ बुझेर सम्बोधन गरेको बताएकी छन् ।
मंगलबार राजधानीमा मदन–आश्रित स्मृति प्रतिष्ठानले ‘महाधिवेशनका सन्देश र राजनीतिक निकास’ विषयमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
‘युवाहरू राजनीतिमा आउनुपर्छ, युवाहरूलाई प्रोत्साहन दिनुपर्छ भनेर धेरैले नारा र धेरैले बोली त बनाए तर एमालेले त्यो सन्देश व्यवहारमै उतार्यो,’ उनले भनिन्, ‘एमालेले एघारौँ महाधिवेशनमा छुट्टै क्लस्टर बनाएर युवाहरूलाई पार्टीमा अझ केन्द्रीय नेतृत्वमा ल्याउनका सफल भयो । प्रतिनिधि चयनदेखि नेतृत्व छनोट सम्ममा ‘अन्डर ४०’ क्लस्टरबाट युवाहरूको सहभागिता सुनिश्चित गर्यो । म आफैँ पनि त्यहीँबाट विजयी भएँ । क्लस्टर बनाएसँगै थुप्रै युवाहरूको सहभागिताले पार्टी भित्रका युवाहरूलाई मात्र हैन, देशैभरिका युवाहरूलाई हौसला प्रदान गरेको छ ।’
उनले एमालेले गरेको प्रयोग एमालेका लागि मात्रै होइन देशभरिका अरू पार्टीहरूलाई पनि उदाहरण भएको उल्लेख गरिन् ।
देशभरीका प्रतिनिधिको अनुभव, विचार सुनिरहँदा र उनीहरूसँग कुराकानी गरिरहँदा पार्टीप्रति अझ आफू विश्वस्त भएको र थप ऊर्जा थपिएको पनि उनले सुनाइन् ।
उनले देशको अस्तित्वलाई बचाउने हो भने राष्ट्रवादी चिन्तन, राष्ट्रवादी योजना, राष्ट्रवादी व्यवहार र सँगसँगै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पनालाई अघि सार्नु पर्नेमा पनि जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण