बादल लक्षित गोकुलको झटारो– 'रुख–सूर्य मिलेपछि चुनाव लडे भो त'
बुधबार, १६ पुस २०८२, ०९ : ३१
१
सारांश
- एमाले नेता गोकुल बास्कोटाले रामबहादुर थापा बादललाई समानुपातिक उम्मेदवार बनेको भन्दै आलोचना गरे।
- उनले बादललाई सूचीबाट नाम फिर्ता लिएर चुनाव लड्न चुनौती दिएका छन्।
- बादलले कांग्रेस र एमाले मिलेर निर्वाचनमा जानुपर्ने बताएका थिए।
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले उपाध्यक्ष रामबहादुर थापा बादललाई लक्षित गरेर पटक पटक समानुपातिक उम्मेदवार बनेको भन्दै आलोचना गरेका छन् । नाम नलिईकन उनले उक्त सूचीबाट नाम फिर्ता लिएर चुनाव लड्न बादललाई चुनौती समेत दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्– 'समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक बसे पछि यो प्रणालीको विरोध हुनु ठिक हो।अझ तिनै रुख र सूर्य मिलेर चुनावमा जानु पर्छ भन्छन् ।रुख–सूर्य मिलेपछि चुनाव लडे भो त।अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले।समावेशीताकै वेईजत नगर के–त्यो पनि पुरुषले।'
बादलले मङ्गलवार मात्र कांग्रेस र एमाले एक भएर निर्वाचनमा जानुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण