सन् २०२५ : क्रिकेटमा बने यस्ता पाँच विश्व कीर्तिमान, जसलाई तोड्न सहज छैन
काठमाडौँ । आज सन् २०२५ को अन्तिम दिन । बिदा हुँदै गरेको यो वर्ष क्रिकेटमा विभिन्न विश्व कीर्तिमान बनेका छन् । यद्यपि, यहाँ यस्ता पाँच विश्व कीर्तिमानबारे चर्चा गरिएको छ, जसलाई तोड्न सहज छैन ।
१३ देशविरुद्ध शतक
एउटा ब्याट्सम्यानले करिअरमा १३ फरक देशविरुद्ध शतक प्रहार गरेको विश्व कीर्तिमान यही वर्ष बन्यो । वेस्ट इन्डिजका ब्याट्सम्यान शाइ होपले यस्तो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।
यसअघि वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेल र श्रीलंकाका ब्याट्सम्यान महेला जयवर्धनेले १२–१२ देशविरुद्ध शतक प्रहार गरेका थिए । उक्त कीर्तिमानबाट अघि बढ्दै शाइ होपले १३ देशविरुद्ध शतक प्रहार गर्ने खेलाडीका रूपमा आफ्नो नाम लेखाएका छन् ।
टी–२० म्याचमा एउटै बलरको नाममा ८ विकेट
भुटानका क्रिकेटर सोनाम येशेले म्यानमारविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुर्लभ कीर्तिमान बनाएका छन् । उनले एउटै म्याचमा एक्लै ८ विकेट लिएर विश्व कीर्तिमान बनाएका हुन् ।
सबैभन्दा कम उमेरमा ‘लिस्ट ए’ शतक
भारतका वैभव सूर्यवंशीले ‘लिस्ट ए’ क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने ब्याट्म्यानका रूपमा आफ्नो नाम लेखाएका छन् । १४ वर्ष २७२ दिनको उमेरमा उनले ‘लिस्ट ए’ क्रिकेटमा शतक प्रहार गरेका हुन् । यसअघि यस्तो कीर्तिमान पाकिस्तानका जहुन इलाहीले सन् १९८६ मा १५ वर्ष २०९ दिनको उमेरमा बनाएका थिए ।
एक इनिङमा १९ छक्का
न्यूजिल्याण्डका फिन एलेनले मेजर लिग क्रिकेटमा वासिंटन फ्रिडमविरुद्ध १९ छक्का प्रहार गरे । यो नै टी–२० क्रिकेटमा एकै इनिङमा एउटा ब्याट्सम्यानले प्रहार गरेको सर्वाधिक छक्का हो ।
एक ओभरमै पाँच विकेट
अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक कुनै बलरले एकै ओभरमा पाँच विकेट लिने कीर्तिमान यही वर्ष बन्यो । इन्डोनेसियाका गेडे प्रियान्दनाले कम्बोडियाविरुद्धको म्याचमा एकै ओभरमा पाँच विकेट लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण