मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो, आज कतिमा हुँदै छ कारोबार ?

बिहीबार, १७ पुस २०८२, १० : ४६
बिहीबार, १७ पुस २०८२

सारांश

  • बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेर २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भयो।
  • चाँदीको मूल्य पनि घटेर प्रति तोला ४ हजार ४१५ रुपैयाँ कायम भएको छ।
  • सुनको मूल्य केही दिन अघि २ लाख ७० हजार ६०० रुपैयाँसम्म पुगेको थियो।

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । केही दिनअघि २ लाख ७० हजार ६०० रुपैयाँको रेकर्ड मूल्यमा कायम भएको छापावाल सुन त्यसअघि क्रमशः घट्दै गएर बिहीबार भने २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको तुनालमै सुनको मूल्य १४०० रुपैयाँ घटेको छ ।

 बुधबार छापावाल सुन तोलामा २ लाखा ६१ हजार रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप