सशस्त्र प्रहरी भन्छ– दुई वटा सफारीमा आएर आक्रमण प्रयास गरेपछि गोली चल्यो
सारांश
- सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएको छ।
- सशस्त्र प्रहरी र भारतबाट सामान ल्याउँदै गरेका समूहबीच झडप हुँदा गोली चलेको थियो।
- स्थानीय बासिन्दाले शव उठाउन अस्वीकार गर्दै राजमार्ग अवरुद्ध गरेका छन्।
काठमाडौँ । सुनसरीको सीमावर्ती इलाकामा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएको छ । गएराति १ बजेर १० मिनेटमा भारतबाट नेपालतर्फ सामान ल्याउँदै गरेका दुई वटा सफारीमा सवार समूहसँग मुठभेट भएपछि गोली चलाउनु परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) मनिष थापाले भन्सार छलेर सामान ल्याउँदै गरेकाहरूले सशस्त्र प्रहरीको गस्ती टोलीलाई आक्रमण प्रयास गरेपछि गोली चलाउनु परेको बताए । उनले भने– ‘दुई वटा सफारीमा आएकाहरूले सशस्त्रको टोलीलाई आक्रमण प्रयास गरेपछि जवाफी कारबाही गरिएको हो ।’
घटनास्थलमा ४५ वर्षीय शाहले चलाएको सफारी मात्र भेटिएको छ । अर्को सफारी चालकले लिएर भागेको अधिकारीहरू बताउँछन् । सफारीमा भारतबाट चिनी र अन्य किराना सामान लिएर आउँदै गरेकाहरूसँग सशस्त्रको जम्काभेट भएको दाबी गरिएको छ । सशस्त्रका एक जना अधिकारीले सफारीमा सवार समूहले सुरुमा हवाई फायर गरेको जिकिर गरेका छन् ।
सुनसरीको कोशी गाउँपालिका–१ मा गोली लागेर ज्यान गुमाएका साहको शव उठाउन स्थानीयले अस्वीकार गरेका छन् । उनको शव घटनास्थलमा नै छ । स्थानीयले पूर्व पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेका छन् । अहिले स्थानीय र सुनसरीका प्रमुख जिल्ला अधिकारीको बिचमा छलफल भइरहेको छ ।
सशस्त्रको नम्बर–१ बराह बाहिनीका डीआईजी कुमार न्यौपानेले घटनास्थलमा मुचुल्का उठाउने काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण