मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बन्दै
महोत्तरी । यहाँको मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बनेको छ । मटिहानीले पछिल्ला तीन वर्षदेखि बर्सेनि एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्दै आएको छ ।
यसवर्ष यही पुस ८ देखि १६ गतेसम्म नौ दिन सञ्चालित शिविरमा करिब आठ हजारले घरआँगनमै सेवा लिएको नगरपालिकाले जनाएको छ । शिविरमा नगरपालिकाबाट प्राप्त सेवा एकीकृत रुपमा प्रदान गरिएको नगरप्रमुख हरिप्रसाद मण्डलले बताए ।
“यसपालि शिविरका बेला प्रतिकूल मौसम शीतलहर रह्यो, त्यही पनि सात हजार ९०९ जनाले सेवा लिएका छन्” नगरप्रमुख मण्डलले भने, “आम नागरिकलाई कार्यालयबाट दिइने सेवाप्रति नयाँ आशा जगाउन यो प्रभावकारी भएको छ ।” यसले जनप्रतिनिधि, कर्मचारी र जनताबिच सम्बन्ध सुमधुर बनाएको उनको भनाइ छ ।
शिविरमा सबैभन्दा बढी पशुपालक किसानले सेवा लिएका छन् । दुई हजार ८४९ घरपालुवा पशुको स्वास्थ्य जाँच र उपचार गरिएको छ । त्यसैगरी दुई हजार ३०१ किसानले तरकारीको बीउबिजन लिएका छन् । मटिहानी नगरक्षेत्र जिल्लामै तरकारी खेतीको पकेट क्षेत्र मानिन्छ ।
एक हजार ६३२ जनाले स्वास्थ्यचौकीबाट स्वास्थ्य जाँच र उपचार सेवा लिएका छन् । आयुर्वेद कार्यालयबाट ८७१ जनाले स्वास्थ्य जाँच गरी आयुर्वेद औषधि लिएका छन् । १०६ ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक परिचयपत्र बनाएको र ८८ जना ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गरिएको छ । ६२ वटा व्यक्तिगत घटना दर्ता र तीन जना अपाङ्गता भएकाको परिचयपत्र बनेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
-
खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
-
‘सम्झौताले पश्चिम एसियालाई ५० वर्षका लागि रूपान्तरण गर्न सक्छ’
-
होल्डिङ सेन्टरका सुकुमबासीको आर्तनाद : सरकारले खानाको व्यवस्था नगरेको भन्दै सुरु गरे आन्दोलन
-
राष्ट्रिय युवा संघले ‘एक पालिका–एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने
-
सुन प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण