बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

‘सम्झौताले पश्चिम एसियालाई ५० वर्षका लागि रूपान्तरण गर्न सक्छ’

सोमबार, ०१ असार २०८३, १० : ५८
सोमबार, ०१ असार २०८३

सारांश

  • अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको सम्झौताले पश्चिम एसियाको भविष्यलाई आगामी ५० वर्षका लागि परिवर्तन गर्न सक्ने बताएका छन् ।
  • उनले डोनाल्ड ट्रम्पले इरानबाट उत्पन्न खतरा अन्त्य गर्न सफल भएको दाबी गर्दै पश्चिम एसियामा समृद्धि र सफलताको नयाँ युग निर्माण गर्ने अवसर सिर्जना भएको बताए ।
  • यस प्रक्रियाबाट अमेरिकी जनताले पनि आर्थिक लाभ प्राप्त गर्न सक्ने र पश्चिम एसियामा स्थायित्व तथा आर्थिक सहकार्यका नयाँ सम्भावनाहरू खुल्ने विश्वास उनले व्यक्त गरे ।

वासिङ्टन डीसी । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँग हुन लागेको सम्झौताले पश्चिम एसियाको भविष्यलाई आगामी ५० वर्षका लागि आधारभूत रूपमा परिवर्तन गर्न सक्ने बताएका छन् ।

‘विश्वको यो भूभाग मेरो सम्पूर्ण जीवनकाल र त्यसअघि पनि समस्याग्रस्त रहँदै आएको छ,’ आइतबार फक्स न्युजलाई दिएको अन्तरवार्तामा भान्सले भने ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट उत्पन्न खतरा अन्त्य गर्न सफल भएको दाबी पनि गरे । भान्सका अनुसार अब पश्चिम एसियामा समृद्धि र सफलताको नयाँ युग निर्माण गर्ने अवसर सिर्जना भएको छ ।  

‘अब हामी पश्चिम एसियामा समृद्धि र सफलताको नयाँ चरणतर्फ अघि बढ्न सक्छौँ,’ उनले भने । यस प्रक्रियाबाट अमेरिकी जनताले पनि आर्थिक लाभ प्राप्त गर्न सक्ने उल्लेख गर्दै पश्चिम एसियामा स्थायित्व र आर्थिक सहकार्यका नयाँ सम्भावनाहरू खुल्ने विश्वास उनले व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप