खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
सोमबार, ०१ असार २०८३, ११ : ०३
सारांश
- प्रहरीले बाँकेको नेपालगन्जबाट खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
- पक्राउ पर्ने उत्तर प्रदेश घर भएका ४० वर्षीय मोहम्मद रिजवानको साथबाट ६३ ग्राम ५३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।
- लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । प्रहरीले बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ स्थित थुकैला गाउँबाट खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तर प्रदेश घर भएका ४० वर्षीय मोहम्मद रिजवान छन् ।
उनी भारतीय नम्बरको मोटरसाइकलमा थुकैलाबाट गडियनपुरवा जाँदै थिए । रिजवानले अण्डरवेयरमा लुकाएर ल्याएको ६३ ग्राम ५३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको बाँकेका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए ।
लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई पक्राउ गरेको हो । आरोपीमाथि जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण