बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमणमा २४ जनाको मृत्यु, ५० जना घाइते

बिहीबार, १७ पुस २०८२, १४ : ०७
बिहीबार, १७ पुस २०८२

किएभ । युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति क्याफे र होटलहरुलाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्डोले टेलिग्राममा ठुलो सङ्ख्यामा नागरिकहरू नयाँ वर्ष मनाउन भेला भइरहेको अवस्थामा आक्रमण हुदाँ धेरै जनधनको क्षति भएकाे जनाएका छन् ।

साल्डोले आक्रमणमा धेरै मानिसहरू जिउँदै जलेको बताउँदै एउटा ड्रोनले हानिकारक मिश्रण खनाएर घटनास्थलमा ठूलो आगलागी निम्त्याए पछि बिहीबार मात्रै अग्नि नियन्त्रकहरूले आगो पूर्ण रूपमा निभाउन सफल भएको पुष्टि गरेका छन् ।

डाक्टरहरू अहिले घाइतेहरूको ज्यान बचाउन प्रयास गरिरहेको बताउदै उनले क्षेत्रीय अधिकारीहरूले पीडित र मृतकहरुका परिवारलाई सबै आवश्यक सहयोग प्रदान गर्ने तैनाथ गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप