रास्वपाकाे समानुपातिक सूची : प्रवासलाई १० प्रतिशत दिने निर्णय, राखियो १ जनामात्रै
सारांश
- रास्वपाले समानुपातिक निर्वाचनमा प्रवास विभागलाई १० प्रतिशत दिने निर्णय गरे पनि एक जनालाई मात्रै राखेको पाइयो।
- प्रवास विभागले ११ जनाको नाम सिफारिस गरे पनि किशोर गन्धर्वलाई मात्रै समानुपातिक सांसदको लागि राखियो।
- रास्वपाले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउनुपर्ने आवाज उठाइरहेको छ, तर समानुपातिक सूचीमा पार्टी निर्णयअनुसार नाम नराखेको भन्दै विरोध भएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीमा पार्टीको प्रवास नेपाली सम्पर्क विभागलाई १० प्रतिशत दिने निर्णय गरे पनि एक जनालाई मात्रै राखेको पाइएको छ ।
पार्टीको प्रवास सम्पर्क विभागले पार्टीले १० प्रतिशत दिने निर्णय गरेको भन्दै ११ जनाको नाम समानुपातिक उम्मेदवार बनाउनका लागि भन्दै सिफारिस गरेको थियो ।
प्रवास विभाग सचिव पदमराज पन्थीले हस्ताक्षर गरेर समानुपातिक उम्मेदवारका लागि भन्दै पुस १२ गते ११ जनाको सूची पठाएका थिए ।

तर, सूचीमा राख्दा ११ जना मध्यबाट १ जनालाई मात्रै राखिएको छ । प्रवास विभागले ९ नम्बरमा सिफारिस गरेका किशोर गन्धर्वलाई दलित पुरुष क्लस्टरमा सिफारिस गरिएको छ ।
गन्धर्वको नाम रास्वपाले निर्वाचन आयोगमा बुझाएको सूचीको ७८ नम्बरमा र दलित पुरुषको ६ नम्बरमा छ । उनी समानुपातिक सांसद बन्नलाई रास्वपाले समानुपातिकतर्फ १ सय भन्दा बढी सिट जित्नुपर्छ ।
विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउनुपर्ने आवाज उठाइरहेको रास्वपाले समानुपातिक सूचीमा पार्टी निर्णय बमोजिमका नाम नराखेपछि विदेशमा रहेका समर्थकहरूले विरोध गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण