भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड ३३ लाख ६५ हजार जम्मा
बिहीबार, १७ पुस २०८२, १७ : ०७
सारांश
- भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा हालसम्म १२ करोड ३३ लाख रुपैयाँ जम्मा भएको छ।
- मेटलाइफ नेपालले २५ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ ।
- अर्थमन्त्री रामेश्वर खनालले मेटलाइफ नेपाललाई धन्यवाद दिएका छन्।
काठमाडौँ । भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा अहिलेसम्म १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ जम्मा भएको छ । बिहीबारसम्म कोषमा उक्त रकम जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग योगदान आउने क्रम जारी रहेको छ । बिहीबार मात्रै मेटलाइफ नेपालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पच्चीस लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
उक्त सहयोग रकम कोषमा जम्मा गरी सोको जानकारी मेटलाइफ नेपालका कार्यकारी निर्देशक निर्मलकाजी श्रेष्ठले अर्थमन्त्री रामेश्वर खनाललाई गराएको छ । कोषमा योगदान पुर्याएकोमा अर्थमन्त्री खनालले मेटलाइफ नेपाललाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण