बुद्धिमानको श्रीमती र खुश्बु ओलीलाई समानुपातिकमा राखेको भन्दै ज्ञानेन्द्र शाहीको कटाक्ष
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती र नेतृ खुश्बुओलीलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा राखेको भन्दै कटाक्ष गरेका छन् ।
'२०६४ सालदेखि २०७९सालसम्म एउटै परिवार बाट राप्रपाको समानुपातिक कोटा र गठबन्धन बाट चार जना सांसद भइसक्दा पनि नपुगेर अझै २०८२ सालमा पार्टीका उपाध्यक्षले आफ्नै कान्छी श्रीमतीलाई राप्रपाको समानुपातिक कोटाको शीर्ष स्थानमा राख्नु यो कस्तो अन्याय हो,'बिहीबार शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,'पार्टीले कारबाही गरेर साधारण सदस्य नहुने गरी निष्कासन गरिएकी एक पटक पनि राप्रपालाई मतदान नगरेकी मान्छेलाई पहुँचका आधारमा राप्रपाको समानुपातिकको सूचीको शीर्ष स्थानमा राख्नु यो राप्रपाका लागि मात्र होइन देशका लागि घातक छ।'
उनले समानुपातिक कोटाबाट हटेर प्रत्यक्षतर्फ चुनाव लड्न समेत सुझाएका छन् । उनले समानुपातिक व्यवस्था सम्पन्नका लागि नभई विपन्नका लागि भएको समेत बताए ।
उनले पार्टी बचाउने भए समानुपातिक सूचीकरण फेरबदल गरेर विपन्नलाई अवसर दिन नेतृत्वलाई आग्रह समेत गरेका छन् ।
उनले भने,'पार्टीका तमाम कार्यकर्तालाई आफ्नो घरको दास सम्झिनुभएको छ। पार्टी कार्यकर्ता हुन् तपाईंको घरको दास होइनन् त्यसैले भन्दै छु। पार्टीको समानुपातिक सूची विपन्नलाई अगाडि बढाउनुस्। पहुँचका आधारमा होइन।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण