कर्णालीको धार्मिक पर्यटकीय विकासमा ध्यान दिनुपर्छ: मुख्यमन्त्री कँडेल
सारांश
- मुख्यमन्त्री कँडेलले कर्णालीको धार्मिक पर्यटनमा इसाई धर्मावलम्बीको ध्यान आवश्यक रहेको बताए।
- उनले धार्मिक पर्यटनले कर्णालीको आर्थिक समृद्धिमा टेवा पुग्ने कुरा व्यक्त गरे।
- कार्यक्रममा विभिन्न वक्ताहरूले धर्म, संस्कृति र पहिचानको संरक्षणमा जोड दिए।
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको धार्मिक पर्यटकीय विकासमा इसाई धर्मावलम्बीहरूको ध्यान जानुपर्ने बताएका छन् ।
इसाई समाज सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा ‘मुक्तिदाता यशुख्रिष्टको शुभ जन्मोत्सव तथा नयाँ वर्ष २०२६’ का अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले धार्मिक पर्यटकीय विकासबाट कर्णालीको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । उनले इसाईलगायत धर्म, संस्कृति, भाषा, पहिचान र मूल्य–मान्यताबिचको सहअस्तित्वले नेपाली समाजलाई अझ सुदृढ बनाएको उल्लेख गरे ।
“नेपाल बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक देश भएकाले सबै समुदायबिच आपसी सम्मान, सद्भाव र विश्वास कायम राख्न जरुरी छ”, मुख्यमन्त्री कँडेलले भने, “चाडपर्व विश्वास र मेलमिलाप बढाउने अवसर भएकाले तिनलाई समाज जोड्ने माध्यमका रूपमा उपयोग गर्नुपर्छ ।” विश्वास, सद्भाव र सहिष्णुताको भावना अभिवृद्धिले विविधतालाई एकतामा रूपान्तरण गर्न सकिने उनको भनाइ थियो ।
विविधतामाथि खलल पुग्ने कुनै पनि प्रयासका विरुद्ध सबै मिलेर अस्वीकार गर्नुपर्नेमा जोड दिँदै उनले समाजमा विभाजन ल्याउने गतिविधिबाट सतर्क रहन इसाई धर्मावलम्बीलाई आग्रह गरे । ख्रीष्टियनहरू एकताबद्ध भई सामूहिक माग लिएर आए प्रदेश सरकार सहयोगका लागि बाध्य हुने मुख्यमन्त्री कँडेलले बताए। उनका अनुसार सबै समुदायलाई निर्भीकतापूर्वक आफ्ना धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्न सक्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो ।
नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रपश्चात् मुलुकमा सबै धर्मप्रति सामाजिक तथा सांस्कृतिक न्याय भएको बताउनुभयो । राज्यको कुनै धर्म नभएको उल्लेख गर्दै उहाँले यशुख्रिष्टले दिएको शिक्षाले समाजमा सामाजिक न्याय, सद्भाव, मेलमिलाप र सहिष्णुता कायम गर्नुपर्नेमा जोड दिए ।
इसाई धर्मगुरु विशप डा नारायण शर्माले संसार डर, शङ्का र लोभले भरिएको बताउँदै यसले मानव समाजमा विभाजन ल्याएको जनाउनुभयो । मानवभित्र भएको अविश्वास, डर, शङ्काको पर्खाल भत्काएर अगाडि बढ्न सके मात्र मुलुकको विकास र उन्नति हुने डा शर्माको भनाइ थियो ।
कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य बलिमाया बुढा, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल, इसाई समाज सुर्खेतका अध्यक्ष पदम गैरेलगायतले धर्म, भाषा, संस्कृति र पहिचानको संरक्षणले मुलुकको सामाजिक, सांस्कृतिक र आर्थिक विकास सहयोग पुग्ने धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण