काठमाडौँ । रसुवाकाे भोटेकोशी गाउँपालिकाको शिरभेगमा अवस्थित ‘भैरवकुण्ड’ मा विशेषगरी धार्मिक आस्था, विश्वास र पर्यटकीय दृष्टिकोणले प्रख्यात गरेको छ । भैरवकुण्ड हिन्दु र बौद्ध धर्मावलम्बीहरूको आस्था र विश्वासका कुण्डको रूपमा रहेको छ...