एउटा फर्मलाई जरिवाना, अन्यलाई सुधारात्मक निर्देशन
शुक्रबार, १८ पुस २०८२, ०३ : ०७
सारांश
- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा फर्मको निरीक्षण गर्यो ।
- उग्रचण्डी खाद्यान्न स्टोरलाई रु २० हजार जरिवाना गरियो ।
- निकन्टिनेन्टल प्रालिलाई कागजातसहित तीन दिनभित्र उपस्थित हुन भनियो।
काठमाडौँ । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार एकै दिन १७ वटा फर्ममा निरीक्षण गरेको छ ।
विभागका अनुसार काठमाडौँका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा एउटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले उग्रचण्डी खाद्यान्न स्टोरलाई रु २० हजार जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ क बमोजिम कारबाही गरिएको हो ।
यस्तै, निकन्टिनेन्टल प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । यस्तै, विभागले अन्य १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सरोकारवालाको समेत सहभागितामा नियमित बजार अनुगमन गर्दै बजारमा स्वच्छता कायम गर्न पहल गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
पातपतिङ्गरबाट प्राङ्गारिक मल
-
पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा
-
पेनाल्टी गोलमार्फत फ्रान्सलाई १–० को अग्रता, गोल्डेन बुटको दौडमा एम्बाप्पे अघि
-
फ्रान्स र पाराग्वेबिचको रोमाञ्चक भिडन्त जारी, पहिलो गोलको खोजीमा दुवै टोली
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण