म पार्टी विभाजनको विपक्षमा छु : देउवा
सारांश
- शेरबहादुर देउवाले पार्टी विभाजनको विपक्षमा रहेको बताए र मिलेर अगाडि बढ्न आग्रह गरे।
- केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनले पार्टी विभाजनमा लैजाने भन्दै देउवालाई जोगाउन आग्रह गरे।
- महामन्त्रीद्वयले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशनको मिति घोषणा गरेपछि विवाद चर्किएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी विभाजनको विपक्षमा रहेको बताएका छन् । पार्टीका २५ केन्द्रीय सदस्यहरूसँग आफ्नै निवास महाराजगन्जमा भएको भेटमा देउवाले मिलेर अगाडि बढ्ने वातावरण निर्माण गर्न आग्रह गरे ।
‘सभापतिज्यूले विभाजन नहोस्, मिलेर अगाडि जाऔँ भन्ने म त चाहिनै रहेको छु भन्नुभयो,’ भेटमा सहभागी एक केन्द्रीय सदस्यले रातोपाटीसँग भने । केन्द्रीय सदस्यहरूले भने विशेष महाधिवेशनले पार्टी विभाजनमा जाने भन्दै जोगाउन सभापति देउवालाई आग्रह गरेका थिए ।
भेटमा केन्द्रीय सदस्यहरू आङगेलु शेर्पा, पुष्पा भुसाल, डा. डिला सङ्ग्रौलासहितका केन्द्रीय सदस्यहरू थिए । केन्द्रीय सदस्य शेर्पाले आफूहरूले सभापति देउवालाई भेटेर अहिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटिरहेको जानकारी रातोपाटीलाई दिए । छन् ।
बिहीबार महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगन गरी विशेषको मिति घोषणा गरेपछि कांग्रेसमा महाधिवेशन विवाद चर्किएको छ । त्यो विवाद समाधानको प्रयास गर्न शुक्रबार दिउँसो ३ बजेका लागि कार्यसम्पादन समिति बैठक बोलाइएको छ ।
केन्द्रीय सदस्यहरूले क्रियाशील सदस्यता टुङ्ग्याएर वडा तहको अधिवेशन सुरु गर्न सभापति देउवालाई सुझाएका थिए ।
‘विशेष महाधिवेशन एउटा पक्षले मात्र आह्वान गर्दा पार्टी विभाजनको जोखिममा पुगेको छ,’ भेटमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘पार्टी जोगाउन र नियमित महाधिवेशनको प्रक्रिया अगाडि बढ्ने वातावरण निर्माण गर्न सभापतिलाई आग्रह गर्यौँ ।
पुस १६ गतेका लागि तय भएको वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गरेर नियमित अधिवेशन स्थगन गर्दै २७ पुसका लागि विशेष महाधिवेशन घोषणाको तयारी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण