राजनीति
पौने २ घण्टा ढिलो गरी सुरु भयो कांग्रेस कार्यसम्पादन समिति बैठक
शुक्रबार, १८ पुस २०८२, १६ : ५०
काठमाडौँ । पार्टीभित्र देखिएको महाधिवेशन विवादबारे निर्णय लिन बोलाइएको कार्यसम्पादन समिति बैठक पौने २ घण्टा ढिलो गरी सुरु भएको छ ।
दिउँसो ३ बजेका लागि बोलाइएको बैठक पौने ५ बजे सुरु भएको हो । महामन्त्री गगन थापा आउन ढिला गरेपछि बैठक ढिला सुरु भएको हो ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केही ढिला गरी बैठक सुरु भएको जानकारी दिए । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यसमितिले निर्णय गरेर सुरु गरिएको १५ औँ महाधिवेशनको प्रक्रिया बिहीबार संयुक्त विज्ञप्ति निकालेर स्थगित गरेका थिए ।
त्यसपछि सुरु भएको विवाद समाधानका लागि बैठक बोलाइएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण