एमबीबीएस छात्रवृत्ति कार्यक्रमको छनोट परीक्षा शनिबार
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ र एशियन इन्टरनेशनल युनिभर्सिटीबिचको सहकार्यमा सञ्चालन हुने एमबीबीएस छात्रवृत्ति कार्यक्रमको छनोट परीक्षा भोलि (शनिबार) हुँदैछ ।
यस कार्यक्रमअन्तर्गत २ जना नेपाली विद्यार्थीलाई ६ वर्षे एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ । परीक्षा काठमाडौँको इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोकमा बिहान ११ बजे सुरु हुने छ ।
छात्रवृत्तिका लागि छनोट परीक्षा चिकित्सा शिक्षा आयोगको पाठ्यक्रममा आधारित प्रश्नपत्रमार्फत सञ्चालन गरिनेछ। परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्र मोबाइल र इमेलमार्फत पठाइएको छ। ढिलो प्रवेश तथा विद्युतीय उपकरण प्रयोग निषेध गरिएको छ ।
गैरआवासीय नेपाली सङ्घले एशियन इन्टरनेशनल युनिभर्सिटीसँग सहकार्य गर्दै पूर्ण छात्रवृत्तिसहितको एमबीबीएस कार्यक्रमअन्तर्गत २ जना नेपाली विद्यार्थीलाई ६ वर्षे एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ ।
नेपालमा स्वास्थ्य सेवा क्षेत्रमा आवश्यक जनशक्तिको अभावका कारण धेरै बिरामीहरूले समयमै उपचार नपाई ज्यान गुमाउने जोखिम बढ्दै गएको र विशेष गरी देशभर रहेका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा औषधि, उपकरण तथा दक्ष स्वास्थ्यकर्मीको कमीका कारण प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न कठिनाइ भइरहेको समस्यालाई मध्यनजर गर्दै दुई जना नेपाली विद्यार्थीका लागि ६ वर्षे पूर्ण एमबिबिएस छात्रवृत्ति कार्यक्रम अघि बढाइएको हो ।
यो कार्यक्रम विशेष गरी जेहेन्दार, आर्थिक रूपमा कमजोर तथा चिकित्सा शिक्षा आयोगको परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गर्न लागिएको छ ।
छात्रवृत्ति प्राप्त गर्ने दुई जना नेपाली विद्यार्थीले अध्ययन पूरा गरेपछि नेपाल फर्की न्यूनतम दुई वर्षसम्म स्वास्थ्य क्षेत्रमा अनिवार्य सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।
साथै, छात्रवृत्ति प्राप्त विद्यार्थीहरूको खाना तथा बसोबाससहित सम्पूर्ण अध्ययन खर्च विश्वविद्यालयले नै व्यहोर्ने छ । यो पहलले नेपालमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न तथा दीर्घकालीन रूपमा स्वास्थ्यकर्मीको अभाव न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण