स्वीट्जरल्याण्ड बारमा आगलागीमा परी घाइते भएकाको सङ्ख्या ११९ पुग्यो
सारांश
- स्वीस बारमा आगलागी हुँदा घाइते हुनेको संख्या ११९ पुग्यो।
- प्रहरीले बाँकी घाइतेहरूको पहिचान गर्ने काम गरिरहेको छ।
- मृतकको सम्झनामा जनवरी ९ मा क्रान्स–मोन्टानामा एक समारोह आयोजना गरिनेछ।
स्विट्जरल्यान्ड । स्वीस बारमा भएको आगलागीमा परी घाइते भएकाको सङ्ख्या ११९ पुगेको छ ।
दक्षिणपश्चिमी स्विट्जरल्यान्डको क्रान्स–मोन्टाना स्की रिसोर्टमा भएको आगलागीमा परी घाइते भएका बाँकी छ जनाको पहिचान पुष्टि गर्न प्रहरीले अझै काम गरिरहेको छ । अघिल्लो रिपोर्टमा आगलागीबाट दर्जनौँको मृत्यु भएको र ११० जनाभन्दा बढी व्यक्ति घाइते भएका जानकारी गराइएको थियो ।
क्यान्टोनका प्रहरी प्रमुख फ्रेडरिक गिस्लरले भने, “घाइते हुनेमा स्विट्जरल्यान्डका ७१, फ्रान्सका १४ जना र इटालीका ११ जना रहेका प्रहरीले बताएको छ । अन्य १४ जनाको राष्ट्रियता अझै निर्धारण हुन बाँकी छ।”
आगलागीमा परी मृत्यु भएका करिब ४० जनाको पहिचान अझै बाँकी रहेको उनले बताए । “यो हाम्रो प्राथमिकता हो,” उनले भने ।
भालेस प्रशासनिक केन्द्रका प्रमुख म्याथियस रेनार्डले पत्रकार सम्मेलनमा भने, “घाइतेमध्ये करिब ५० जनालाई अन्य युरोपेली देशका विशेष केन्द्रहरूमा स्थानान्तरण गरिएको छ वा गरिनेछ।”
रेनार्डले भने, “मृतकको सम्झनामा जनवरी ९ मा क्रान्स–मोन्टानामा एक स्मृति समारोहको आयोजना गरिनेछ। यो पीडितहरूको सम्झना गर्न र एक राष्ट्रको रूपमा एकताबद्ध हुने अवसर हुनेछ,” उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण