चन्द्रपुरमा वृद्धको शव फेला
शनिबार, १९ पुस २०८२, १० : ३४
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ मा एक वृद्धकाे शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार वडा नम्बर ४ अन्तर्गत पूर्व–पश्चिम राजमार्गबाट करिब ३०–४० मिटर दक्षिणतर्फ रहेको भित्री सडकमा शनिबार बिहान करिब ७:४५ बजे स्थानीयले वृद्धको शव देखेर प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट इन्स्पेक्टर रुपेश झाको नेतृत्वमा खटिएको टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गर्दा ती पुरुषको अनुहारमा गम्भीर चोट लागेको पाइएको छ। मृतक करिब ६०–७० वर्ष उमेर समूहका थारु समुदायका व्यक्ति भएको अनुमान गरिएको भए पनि हालसम्म उनको पहिचान खुल्न सकेको छैन।
प्रहरीले घटनास्थलमा मुचुल्का उठाउने कार्य सम्पन्न गरी घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण