देउडा गीतमा लक्ष्मीले नचाइन् बागलुङका दर्शक
सारांश
- गायिका लक्ष्मी आचार्यले बागलुङ महोत्सवमा देउडा गीत प्रस्तुत गरिन् र दर्शकलाई नचाउन सफल भइन्।
- उनले 'भन् साली', 'यो मेरी भाउजू' र 'मायालुले बोलाउँदै झरेकी' जस्ता देउडा गीत प्रस्तुत गरिन्, जसलाई दर्शकले निकै मन पराए।
- आचार्यले बागलुङमा देउडा गीतलाई यति धेरै माया दिइने कुरा सोचेकी थिइनन् र उनले यसलाई लिएर खुसी व्यक्त गरिन्।
काठमाडौँ । गायिका लक्ष्मी आचार्यले बागलुङका दर्शकलाई देउडा गीत नचाएकी छन् । बागलुङ उद्योग वाणिज्य सङ्घ बागलुङको आयोजनामा केही दिनदेखि जारी ‘आठाैँ बागलुङ महोत्सव २०८२’मा उनले आफ्ना लोकप्रिय गीतसंगीत मार्फत त्यहाँका दर्शक नचाउन सफल भएकी हुन् । कार्यक्रममा उनले आफ्ना देउडा गीत ‘भन् साली’, ‘यो मेरी भाउजू’ र ‘मायालुले बोलाउँदै झरेकी’ लगायतका देउडा गीत प्रस्तुत गरेकी थिइन् ।
नेपालको सुदूरपश्चिम क्षेत्रमा चर्चित उक्त गीतमा बागलुङका दर्शकले पनि निकै रुचाएका थिए । उनले कार्यक्रममा प्रस्तुत गरेको हरेक गीतमा दर्शकको ताली, सिठी र वान्स मोरको हुटिङ थियो ।
देउडा गीतलाई बागलुङमा यतिधेरै रुचाइन्छ माया दिइन्छ भनेर आफूले कहिल्यै कल्पना नगरेको गायिका आचार्यले बताइन् ।
‘देउडा बागलुङमा रुचाइएको देख्दा म तीन छक्क परे’, गायिका आचार्यले भनिन् ‘मेरो प्रत्येक गीतमा नाच्ने र वान्समोर भन्ने दर्शक निकै थिए ।’ भेगीय रूपमा चर्चित गीत देशब्यापी हुन थालेकोमा उनले खुसी ब्यक्त गरिन् ।
अझै केही दिन चल्ने महोत्सवमा विभिन्न चर्चित कलाकारलेको समेत प्रस्तुति रहेको छ ।
पुस महिनाको सुरुवात देखिँदै विभिन्न महोत्सवमा व्यस्त गायिका आचार्य बागलुङ अघि सुदूरपश्चिमको धनगढी महोत्सवमा प्रस्तुत भएकी थिइन् । अब आफ्नो प्रस्तुति अत्तरिया महोत्सवमा हुने आचार्यले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण