लहानमा जङ्गली हात्तीको वितण्डा, पाँच घर भत्कायो
सारांश
- सिरहाको लहान नगरपालिकामा जङ्गली हात्तीको समूहले स्थानीयको घर भत्काएर अन्नपात नष्ट गर्यो।
- हात्तीको समूहले स्थानीय पाँच जनाको घरमा क्षति पुर्याएको वडा अध्यक्षले जानकारी दिए।
- हात्ती धपाउन र थप क्षति रोक्न प्रहरी र वन कार्यालयको टोलीले निगरानी गरिरहेको छ।
सिरहा । सिरहाको लहान नगरपालिका–१६ आरिदमार टोलमा गएराति जङ्गली हात्तीको समूहले आतङ्क मच्चाएको छ। चुरे क्षेत्रको जङ्गलबाट बस्तीमा पसेको हात्तीको हुलले स्थानीय पाँच जनाको घर भत्काउनुका साथै भण्डारण गरी राखिएको अन्नपात खाएर नष्ट गरेको छ।
रातको समयमा अचानक गाउँ छिरेका हात्तीले स्थानीय भूपाल थापा मगर, गोपाल थापा मगर, जालबहादुर थापा र रामबहादुर थापासहित अन्य एक जनाको घरमा क्षति पुर्याएको वडा अध्यक्ष गडुल बहादुर जर्गामगरले जानकारी दिएका छन्।
हात्तीको समूह अझै पनि गाउँ नजिकैको क्षेत्रमा घुमिरहेकाले स्थानीय बासिन्दा निकै त्रसित छन्। वडा अध्यक्षका अनुसार बस्तीमा क्षति पुर्याएपछि हात्तीहरू नजिकैको झाडीमा बसेका छन्।
हात्ती धपाउन र थप क्षति हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय लहानको टोलीले निगरानी गरिरहेको छ। गाउँलेहरूले पनि सामूहिक रूपमा जाग्राम बसेर हात्तीको गतिविधिमाथि नजर राखिरहेका छन्।
डिभिजन वन कार्यालय लहानले घटनाको पुष्टि गर्दै कर्मचारीहरू घटनास्थलमा पुगिसकेको जनाएको छ। चुरे क्षेत्रको वन अतिक्रमण गरी बसेका बस्तीहरूमा हात्तीले बेलाबेलामा दुःख दिने गरेको वन कार्यालयको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण